३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरादह -७ काे अतिथि सदन क्वारेन्टाईनमा समस्या


१८ आश्विन २०७७, आइतबार  

0
Shares

 


झगेन्द्र खड्का

गौरादह १८, असाेज /गौरादह नगरपालिका वडा नं -७ ग्वालडुब्बामा रहेकाे क्वारेन्टाइनमा व्यवस्थापन पक्ष कमजोरी देखिएकाे छ। क्वारेन्टाइनमा फाेहाेर व्यवस्थापन नभएकाे, सेनेटाइजरकाे व्यवस्था नभएकाे, शाैचालयकाे समस्या भएकाे क्वारेन्टाइनमा बस्दै आएका धर्म खड्काले जानकारी गराए।क्वारेन्टाइन बनाइएको अतिथि सदन भवन फराकिलो भएपनि एउटै हलमा बस्नु पर्दा असुरक्षित भएकाे खड्का बताउँछन्।
खेतका बिचमा क्वारेन्टाइन भएकाले अत्याधिक मात्रामा लामखुट्टे आउछन। क्वारेन्टाइनमा झुलकाे व्यवस्था नभएकाले लामखुट्टेले टाेकेर बस्न समस्या भएकाे खड्काले बताए। क्वारेन्टाइन परिसरमा बनाएकाे शाैचालय जाने ठाउँ तथा सरसफाइ नहुदा समस्या भएकाे अर्का ब्यक्ति बिनाेद खतिवडाले बताए। अहिले क्वारेन्टाइनमा बस्दै आएका १९ जना बिदेशबाट आउदा पिसिआर परिक्षण गरेर नतिजा नेगेटिभ आएपछि नेपाल फर्किएता पनि क्वारेन्टाइनमा बस्नु पर्दा दु:ख लागेकाे उनीहरुले बताए ।
क्वारेन्टाइनमा एउटै हलमा असहज परिस्थितिमा बस्नुपर्दा आफुहरु थप असुरक्षित भएकाे प्रतिक्रिया जनाएका छन्। नगरपालिकाले ग्वालडुब्बामा रहेकाे नवनिर्मित स्वास्थ्य चौकी भवनलाई हाेल्डिङ आइसाेलेसन सेन्टर बनाएपछि साेही आसपासमा रहेकाे अतिथि सदन भवनलाई क्वारेन्टाइन बनाएको छ।अतिथि सदानकाे भवन एउटै हल छ। काेठा तथा पाटेसन नगरिएकाे हलमा सबैजनालाई एकै हलमा राखिएकाे छ। अतिथि सदन भवनमा अहिले बैदेशिक राेजगारबाट फर्किएका १९ जना बस्दै आएका छन्।

समस्यै समस्याका बिच क्वारेन्टाइनमा बस्दै आएपनि १० दिन सम्ममा पनि सम्बन्धित आधिकारिक ब्यक्ति जानकारी लिन काेही पनि नआएकाे र पिसिआर परिक्षण समेत नगर्दा दु:ख लागेकाे क्वारेन्टाइनमा बस्दै आएका गौरादह -८ का तेज प्रकाश दुलालले बताए। बिदेशमा पिसिआर परिक्षण नेगेटिभ देखिएपनि नेपाल प्रबेश गरेपछि अन्य ब्यक्तिसँग घुलमिल हुँदा पाेजेटिभ देखिन सक्ने सम्भावना रहेकाले क्वारेन्टाइनमा राखेर पुन: पिसिआर परिक्षण गर्नु परेकाे गौरादह नगर स्वास्थ्य संयाेजक पर्शुराम भट्टराईले जानकारी गराए। क्वारेन्टाइन व्यवस्थापनमा कुनै प्रकारकाे कमी कमजोरी हुन नदिने वडा नं -७ का वडाध्यक्ष बलराम खरेलले जानकारी गराए। पछिल्लो समय क्वारेन्टाइनमा भएका समस्याको बारेमा आफुलाई थाहा नभएकाे र केही कमजाेरी भएमा तत्काल सुधार गरिने बताए। क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई आफुले खाना र खाजाकाे व्यवस्था गरेपनि केही महिना देखि आफुले रकम नपाएको क्यान्टिन संचालक हर्क कार्कीले गुनासाे गरे।
ग्वालडुब्बामा क्वारेन्टाइन स्थापना भई मानिसहरु बस्न थालेपछि आफुले खाना र खाजाकाे व्यवस्था गरेपनि नगरपालिकाले खर्च उपलब्ध नगराएकाे बताए। ग्वालडुब्बामा हाेटल समेत संचालन गर्दै आएका कार्कीले करिब ७ महिना सम्म क्वारेन्टाइनमा खाजा र खानाकाे व्यवस्था गरेपनि पछिल्लो समयमा नगरपालिकाले पेस्की रकम सम्म उपलब्ध नगराएकाे कार्कीले बताए। क्वारेन्टाइनमा खाजा र खानाकाे व्यवस्था गरेकाे करिब ७ महिनाकाे अवधिमा साउन महिना सम्मकाे रकम पाएपनि त्यसपछि पेस्की समेत नपाएको गुनासाे गरे।साउन महिना पछाडि करिब ३ लाख ५० हजारकाे हाराहारीमा आफुले खर्च गरिसकेको बताउदै आफ्नै खर्चले लामाे समय सम्म खानाकाे व्यवस्थापन गर्नु पर्दा आफू आर्थिक समस्यामा परेकाे कार्कीले गुनासाे गरे।

 

 

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ३८ बजे