१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

शिक्षामा लगानी,समृद्धिको थालनी


२३ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200605_095006
बद्री कार्की
सहायक प्र.अ.श्री महेन्द्र रत्न मा.बि. कमल गाउँपालिका-२

शिक्षालाई पुर्वाधारहरुको पनि पुर्वाधार भनिन्छ ।यसको मर्म राजनैतिककर्मीहरुले खासै बुझेको जस्तो देखिन्न। भौतिक पुर्वाधार तर्फ बाटोघाटो निर्माणमा ढुङ्गा गिटी र वालुवा छर्नु, बिजुलिका पोल ठड्याउनु र कल्भर्टहरु बनाउनु नै चरम बिकास गरे भन्ने भ्रमबाट जनप्रतिनिधिहरु माथि उठन नसक्नु भएको यथार्थ बिगतका नीति तथा कार्यक्रमहरु र बजेट बिनियोजन हेर्दा छर्लङ्ग हुन्छ।

सङ्घीय सरकार देखि स्थानिय सरकारसम्मको प्राथमिकतामा शिक्षा क्षेत्र परेको देखिदैन । यसको प्रमुख कारण बिकासको अर्थ नबुझ्नु हो। जब शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिइएर लगानी गरिन्छ तब प्रत्येक घरभित्र उज्यालो किरण प्रवेश गराउन सकिन्छ ।

चेतनाको बिकास नै समुन्नत समाजको आधारशिला हो र चेतनाको मुहान शिक्षा हो। शिक्षाले मानव मस्तिष्कलाई उजिल्याउने काम गर्ने मात्रै होइन उत्पादनशिलताको बीउ पनि छर्ने गर्छ। मानवको नैतिक आचरण र असल व्यवहारको धरहरा त्यही शिक्षाको जगबाट मात्रै ठड्याउन सक्दछ। मानिसलाई मेहनती परिश्रमी र आत्मानिर्भरताको बाटो देखाउने मुलमार्ग नै शिक्षा हो। हो, नेपालको वर्तमान शिक्षाले यी यावत बिषयलाइ सम्बोधन गर्न सकिरहेको छ वा छैन भन्ने बिषयमा बहस गर्न सकिन्छ । हामी कहाँ चुक्यौ र किन सोचे अनुसारका परिणामहरु प्राप्त भएनन भन्ने कुरामा बृहत् छलफल गर्न जरुरी छ तर प्रद्धती र प्रणालिगत त्रुटिलाई कारण देखाएर शिक्षाको गरिमा र महत्त्वलाई नजरान्दाज गरेर यसको बिकास र बिस्तारमा ध्यान नदिनु पश्चगामी सोच हो , समाजमाथिको अन्याय हो र नागरिकको नैसर्गिक अधिकार हननको चरमोत्कर्ष हो।

हाम्रो समाजमा मध्यम बर्ग र बिपन्न वर्गका मानिसहरुको बाहुल्यता रहेको छ। उनीहरु दैनिक गुजारा चलाउन र हातमुख जोर्ने उपायहरुको खोजिमा भौतारिनु उनीहरुको दैनिकी हो जसको कारण उनीहरु आफ्ना सन्तानहरुको शिक्षा दीक्षा,पौस्टिक भरणपोषण र आधुनिक विश्वसँग अनुकुलित हुने आवश्यकता पहिचान गर्न सक्तैनन सक्नेहरुसङ्ग पनि आर्थिक क्षमता छैन जसका कारण कयौ स्टेफेन हकिङ्गहरु सडकमै सकिएका छन् भने कयौ भानुभक्त ,देवकोटा,महाविर पुन,अब्राहम लिङ्कन र नेल्शन मन्डेलाहरु धुलोको कणसङ्गै माटोमा समाधिस्थ भैरहेका छन्।

हाम्रो समाजमा मध्यम बर्ग र बिपन्न वर्गका मानिसहरुको बाहुल्यता रहेको छ। उनीहरु दैनिक गुजारा चलाउन र हातमुख जोर्ने उपायहरुको खोजिमा भौतारिनु उनीहरुको दैनिकी हो जसको कारण उनीहरु आफ्ना सन्तानहरुको शिक्षा दीक्षा,पौस्टिक भरणपोषण र आधुनिक विश्वसँग अनुकुलित हुने आवश्यकता पहिचान गर्न सक्तैनन सक्नेहरुसङ्ग पनि आर्थिक क्षमता छैन जसका कारण कयौ स्टेफेन हकिङ्गहरु सडकमै सकिएका छन् भने कयौ भानुभक्त ,देवकोटा,महाविर पुन,अब्राहम लिङ्कन र नेल्शन मन्डेलाहरु धुलोको कणसङ्गै माटोमा समाधिस्थ भैरहेका छन। जबसम्म मानव संसाधनको बिकासको आधार शिक्षा हो भन्ने हेक्का नीति निर्माताको मानसपटलमा भरिदैन तबसम्म समृद्धिको सपना बालुवाको पुल जस्तो हुन्छ तासको सुन्दर महलको परिकल्पना मात्रै हुन्छ।

मानिसमा भएको अन्तरनिहित क्षमताको पहिचान गर्ने र त्यसलाइ जिवन्त बनाउन सहयोग गर्ने शिक्षा नै हो।शिक्षाले नै मानिसलाइ संघर्षशिल बनाउन,अवसरको पहिचान गर्न ,क्षमता बिकास गर्न,लगनसिल बनाउन प्रेरित गर्ने गर्दछ। अझ एक वाक्यमा भन्ने हो भने मानिसको सर्वाङ्गिण बिकासको आधार शिक्षा हो।तसर्थ अहिले स्थानिय सरकारहरुको बजेट निर्माणको समय भएको र तल्लिन रहेको परिवेश भएकोले बिकासको पहिलो खुट्किला हाल्ने हो भने प्रत्येक झुपडी भित्र रहेको अबोध बालबालिकाको सुन्दर भविश्य निर्माण गर्ने शैक्षिक नीति तथा कार्यक्रम तय गरि अधिकतम लगानीको लागि मन फुकाउन सक्नु पर्दछ अन्यथा तपाईको हैसियत पुड्को साबित हुने मात्रै होइन सभ्य समाज निर्माणमा अवरोध पुर्याएको अपराधको भागिदारी समेत बन्नुहुनेछ । आसा छ ,यो वर्षको बजेट शिक्षाको बिकासमा केन्द्रित रहने छ र सुन्दर समाज,खुशी नेपाली र समृद्ध नेपालको बाटो तय गरिनेछ।
हामी सबैको जय होस।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ४ : ०९ बजे