४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह कृषि क्याम्पसमा नेविसंघद्वारा अनिश्चितकालीन ताला बन्दी


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

गाैरादह१५, असाेज / त्रिभुवन विश्वविद्यालय कृषि र पशुबिज्ञान अध्ययन संस्थानको डिनकाे बिरोध गर्दै नेपाल बिद्यार्थी संघले गौरादह कृषि क्याम्पसकाे प्रमुख र प्रशासनकाे कार्यकक्षमा आज तालाबन्दी गरेकाे छ ।

डिनद्वारा नियम विपरित गठन गरिएको पदपुर्ति समितीले गरेको विज्ञापन स्थगन नगरेकाे भन्दै नेविसंघ कृषि क्याम्पस गाैरादह ईकाईले गाैरादह कृषि क्याम्पसमा अनिश्चितकालीन ताला बन्दी गरेकाे हाे ।

मिती २०७७/०६/०५ गते गाेरखापत्र दैनिक र कृ. प.वि. अ. संघकाे आधिकारिक वेभसाइडमा गाैरादह कृषि क्याम्पसका लागि करार सेवामा उप प्राध्यापक र केही सहायक कर्मचारीहरूकाे आवश्यकता छ भनी विज्ञापन प्रकाशित भएकाे थियाे ।

हप्ता दिन वितिसक्दा पनि नेबिसंघ इकाइको माग सम्वन्धमा सम्वन्धित सरोकारवाला निकायले कुनै पहल नगरेकाेमा आज वसेको तीनवटै क्याम्पस इकाई समितीको भर्चुअल जुम मिटीङको निर्णय अनुसार रामपुर क्याम्पस, खैरहनी चितवन र गौरादह कृषि क्याम्पसमा अनिश्चितकालीन ताला वन्दी गरिएकाे नेविसंघ कृषि क्याम्पस इकाई गाैरादहका सभापति कुशल लामिछानेले जनाकारी गराएका छन् ।

गाैरादह कृषि क्याम्पस नेबि संघको अनिष्चितकालिन ताला वन्दीमा नेविसंघ नेता  रविन  ढुंगाना, नेबि संघ गौरादह नगर समितिका सभापति बाबुराम नेपाल, र नेबि संघ गौरादह बहुमुखी क्याम्पस ईकाई अध्यक्ष माेहन दंगाल, विद्यार्थी नेता डिक खड्कालगायतले संयुक्त प्रेस विज्ञप्तिमा एक्यवद्धता जाहेर गरेका छन् ।

पदपूर्ति सम्वन्धमा क्याम्पस प्रशासनमा साेधपुछ गर्दा गाैरादह कृषि क्याम्पस प्रशासनले पदपूर्ति समिति गठन नभएकाे र त्यस किसिमकाे विज्ञापन क्याम्पसले नगरेकाे भनी जवाफ दिएपछि नेविसंघ गाैरादह कृषि क्याम्पस ईकाई समितिले यथासिघ्र विज्ञापन स्थगन गर्न एकहप्ता अधि विज्ञप्ति प्रकाशित गरेकाे थियाे ।
क्याम्पसलाई थाहा नदिई क्याम्पसका प्रध्यापक र कर्मचारीलाई संलग्न नगरि गठन गरिएकाे पदपूर्ति समिति अवैधानिक ठहर गर्दै हप्ता दिन भित्र माग सम्बाेधन नभए डीन कार्यालय र रजिष्टार कार्यालयमा ताला बन्दी गर्ने नेविसंघले निर्णय गरेकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  २ : २० बजे