दमक / झापा गौरादह -९ बैगुन्धुरामा आज बिहान एक महिला आफनै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन ।
सो वडाका वडा सदस्य कृष्ण गौतमका अनुसार अन्दाजी ३३ बर्षिया स्थानीय मिना कार्की ( निरौला) बिहान करिब ९ बजे आफनै घरको भान्सा कोठामा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनी बैगुन्धुरा अंग्रेजी बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याव्सन झापाका नेता उपेन्द्र निरौलाकी श्रीमति हुन् । उनका दुई छोरी छन् । इलाका प्रहरी कार्यालय झिलझिलेले पनि घटना भएको बारे जानकारी आएको तर के कस्तो प्रकृतिको हो भन्नेबारे भने बुझ्ने काम भईरहेको जनाएको छ ।