१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बैगुन्धुरामा झुन्डिएर एक महिलाकाे मृत्यु


३० भाद्र २०७७, मंगलबार  

0
Shares

दमक / झापा गौरादह -९ बैगुन्धुरामा आज बिहान एक महिला आफनै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन ।
सो वडाका वडा सदस्य कृष्ण गौतमका अनुसार अन्दाजी ३३ बर्षिया स्थानीय मिना कार्की ( निरौला) बिहान करिब ९ बजे आफनै घरको भान्सा कोठामा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी बैगुन्धुरा अंग्रेजी बोर्डिङ स्कूलका  प्रिन्सिपल तथा प्याव्सन झापाका नेता उपेन्द्र निरौलाकी श्रीमति हुन् । उनका दुई छोरी छन् । इलाका प्रहरी कार्यालय झिलझिलेले पनि घटना भएको बारे जानकारी आएको तर के कस्तो प्रकृतिको हो भन्नेबारे भने बुझ्ने काम भईरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : २१ बजे