४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहमा भाेली विहानदेखि लकडाउन अन्त्य


२२ भाद्र २०७७, सोमबार  

0
Shares

गाैरादह २२, भदाै / गाैरादह नगरपालिकामा घाेषणा गरिएकाे बन्दाबन्दी (लकडाउन) भाेली मंगलबार विहानदेखि खुल्ला गरिएकाे छ ।
नगरपालिकाकाे भदाै २१ गते बसेकाे बैठकले पसल, व्यापार, साप्ताहिक हाट बजार बाहेक व्यवसाय, बैंक तथा वित्तिय संस्था र कार्यालयहरू यथावत संचालन हुने निर्णय गरेकाे हाे ।
नगरपालिकाले गाैरादहमा समुदायस्तरमा काेराेना भाईरस भेटिएपछि त्यसकाे राेकथाम र नियन्त्रण गर्नका लागि भदाै ७ गते राती १२ बजेदेखि लागू हुने गरि भदाै २२ गतेसम्मका लागि बन्दाबन्दी (लकडाउन) घाेषणा गरेकाे थियाे । त्यस अबधिमा नगरपालिकाले समुदायस्तरमा व्यापकरूपमा कन्ट्याक ट्रेसिङ्ग गरि पीसीअार परिक्षणका लागि स्वाव संकलन गरेकाे थियाे । उत्त परिक्षणमा हिजाे सम्म सबैकाे पीसीअार रिपाेर्ट नेेेेेेगेटिभ देखिएपछि नगरपालिकाले भदाै २१ गते (हिजाे) बैठक बसी लकडाउन अन्त्य भएकाे निर्णय गरेकाे हाे ।

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १२ : ५२ बजे