१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -३ द्वारा उपभोक्तालाई निःशुल्कमा खानेपानी मिटर वितरण


२१ भाद्र २०७७, आइतबार  

0
Shares

गाैरीगंज २१, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले निःशुल्कमा वार्ड भित्रका उपभोक्तालाई खानेखानीकाे मिटर वितरण गरेकाे छ ।
वार्ड नं. ३ का वार्ड अध्यक्ष मखना महताेले केही उपभोक्तालाई खानेपानी मिटर वितरण पश्चात् उनीहरूसहित १ सय ३८ थान खानेपानी मिटर वितरण गरेकाे हाे ।
वार्ड भित्रका अधिकांस स्थानमा आईरनयुक्त पानी उपभोक्ताहरूले पिउन बाध्य भएकाे अवस्थालाई मध्यनजर गरि वार्डले निशुल्कमा खानेपानी मिटर वितरण गरेकाे वार्ड अध्यक्ष महताेले जानकारी गराएका छन् ।
वितरण कार्यक्रममा वार्ड अध्यक्ष महताेले वार्डवासीलाई सहजरूपमा स्वच्छ पानी प्रयाेग गरून भन्ने कार्यालयकाे याेजना अनुरूप खानेपानी मिटर वितरण गरिएकाे बताए ।
कार्यक्रममा गाैरीगंज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उमानाथ भण्डारी, सचिव गंगा राजवंशी, क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, वार्ड सदस्यहरू हेमा आचार्य, साेमनी देवी पासवान, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रमुख गणेश प्रसाद भट्टराई, सशस्त्र सीमा सुरक्षा वल विओपीका प्रमुख विकास न्याैपानेलगायतकाे सहभागिता थियाे ।
वार्ड कार्यालयबाट निशुल्कमा खानेपानी मिटर उपलब्ध भएपछि अब उपभोक्तालाई खानेपानी मिटर जडान खर्च मात्र लाग्ने हुन्छ । कार्यक्रमकाे सहजिकरण वार्ड सचिव अजय साहले गरेका थिए ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : २३ बजे