१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल शिक्षक संघ गौरीगंजको स्थानिय गाउँ प्रतिनिधि सभा सम्पन्न



गौरीगंज २६, माघ / नेपाल शिक्षक संघ गौरीगंजको पालिका स्तरीय स्थानीय प्रतिनिधि सभा आज शुक्रबार सम्पन्न भएको छ । सभाको नेपाली काँग्रेस गौरीगंजका गाउँसभापति अघनु प्रसाद राजवंशीले ब्यानर पढेर उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै राजवंशीले शुभेच्छुक संस्था शिक्षक संघले गौरीगंज कांग्रेसलाई बलियो बनाउन महत्वपूर्ण योगदान र भुमिका रहेकाले त्यसको रक्षाका लागि सवै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् । पेशागतरुपमा आफ्नो कर्ममा रहदा रहदै पनि शिक्षक संघले पार्टीको ब्याकबोनको रुपमाकाम गरेको सभापति राजवंशीले बताए ।
नेपाल शिक्षक संघ गौरीगंजका अध्यक्ष गोपाल प्रसाद ताजपुरियाको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा सेवानिवृत प्रअ अभयप्रसाद यादवलाई सम्मान गरिएको थियो । सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य मखना महतो, झापा क्षेत्र नं. ५ क उपसभापति आत्माराम राजवंशी, नेपाल शिक्षक संघ जिल्ला सहसचिव हरि राजवंशी, नेपाल शिक्षक महासंघ गौरादहका अध्यक्ष बाबुराम भण्डारी, प्रअ गहेन्द्र विक्रम साह, कार्यवाहक प्रअ कर्मा शेर्पा, प्र.अ. भिम कोइराला
लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक सुबोध गन्गाईले गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ५१ बजे