१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा ईन्जिनियर वर्खास्तीमा सकस, नगरवासी मारमा


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191018_193840
गौरीगंज १, कार्तिक / गौरादह नगरपालिकामा लामो समयदेखि कर्मचारी नहुदा उपभाेक्ता मारमा परेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र असोज १५ गते नगरपालिकाबाट रवाना लिएदेखि प्रमुख प्रशासकिय अधिकृतबाट हुने सबै काम ठप्प भएको छ । घर नक्सा, संघसंस्था दर्ता, आर्थिक र प्रशासनिक कार्य सम्पादन , कार्यपालिका वैठकलगायत कुनै पनि कार्य अघि बढ्न सकेको छैन् । निजामति सेवा नियमावली २०५० अनुसार कार्यालय प्रमुख नभएको अवस्थामा कर्मचारीको श्रेणी सेनियारिटीका आधारमा जो कर्मचारी छन् उही काम गर्न सकिने व्यवस्था छ । नगरपालिकामा प्रशासकिय अधिकृत सागर मिश्र पछिको दशौं तहमा कार्यरत अधिकृत टेकनाथ रेग्मी पनि विरामी भएको भन्दै विदा लिएपछि थप समस्या उब्जेको छ । नगरपालिकामा हाल प्रमुख प्रशासकिय अधिकृतले गर्न नभई नहुने कार्य बाहेक सुब्बा तहका कर्मचारीले कामचलाउ उपभोक्तकालाई सेवा दिइरहेको प्रशासन शाखाका सहायक हेमराज वनले बताए । नगरपालिकामा असोज १४ गते भएको घटनादेखि कार्यपालिकाको कुनै पनि वैठक वस्न नसकेकोले कर्मचारीमा अन्यौलता सिर्जना भएको उनको भनाई छ ।

ईन्जिनियर क्षेत्रीको वर्खास्तीको सकस
असोज १४ गते वसेको कार्यपालिका सदस्यसहति सर्वपक्षिय बैठकबाट स्व. धनवीर राजवंशीको पिडित परिवारलाई राहत स्वरुप ५ लाख रुपैया“ दिने र गौरादह नगरपालिकामा कार्यरत इन्जिनियर सचिन क्षेत्रीको कार्य सम्पादन सन्तोषजनक नगरेको भन्दै वर्खास्त गर्नेलगायतका निर्णय गरेको थियो । तर कार्यपालिकाको वैठकले निज क्षेत्रीलाई प्रक्रिया पुर्याई वर्खास्त गर्नु भनी सम्पुर्ण अधिकार नगर प्रमुख रोहित कुमार साहलाई दिएपनि उक्त वर्खास्तीको कार्यान्वय नहुने छाटकाट देखिन्छ भने यता नगरपालिकाले पिडित परिवारलाई क्रियाखर्च भनी रु ५० हजार रुपैया“ मात्र दिएको छ । नगर प्रमुख रोहित कुमार साहले भने– ‘मैले घटना भएकै दिन कार्यपालिकासहितको सर्वपक्षिय वैठकको निर्णय बमोजिम वर्खास्त भएको जानकारी प्रशासकिय अधिकृत, सवै वडा अध्यक्ष र नगरपालिकाका नाममा बोर्धाथ पठाएको हु । तर पनि इन्जिनियर क्षेत्री जवरजस्ती २/ ३ दिन हाजिर गर्न आए । ’
यसबारे ईन्जिनियर सचिन क्षेत्रीलाई फाेन सम्पर्क पटक पटक गर्दासमेत फाेन उठेन ।

20191018_192559
गौरादह नगरपालिकाले असोज १२ गते गोरादह वडा नं. ८ को धनवीर राजवंशी अध्यक्ष रहेको बैराती टहरा निर्माण उपभोक्ता समितिको लगायतका योजनाका विषयमा के कति कारणले कार्य सम्पादन ढिलाई भइरहेको हो ? २४ घण्टा भित्र सोको लिखित स्पष्टिकरण मागेको थियो । तर त्यसको स्पष्टिकरण पनि नआएको नगर प्रमुख साहले बताए ।

20191018_192638
कार्तिक १ गते बैठकको निर्णय बमोजिम नगर प्रमुख रोहित साहले सूचना अधिकृत खगेन्द्र गुरागाईलाई निज इन्जिनियर क्षेत्रीको विद्युतिय हजिरी खाताबाट नाम हटाई दिनु भनी तोक आदेश दिएपनि अधिकृत गुरागाईले उक्त पत्र प्रशाासन शाखाका प्रमुखलाई राय पेश गर्नु भनी अनुरोध गरे । तर प्रशासन प्रमुख टेकनाथ रेग्मी विरामी विदामा उपचार गर्न भारतको भैलोर गएपछि उक्त विद्युतीय हाजिरीबाट निज इन्जिनियर क्षेत्रीको नाम हटाई दिन हुन् भनी तोक आदेशको पत्र प्रशासन शाखाको टेवलमा अड्किएको छ ।
20191018_192614
गौरादह राजपत्रको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५ ले के भन्छ ?

गौरादह राजपत्रमा प्रकाशित करारका प्राविधिक कर्मचारी सम्बन्धिको कानुन अनुसार इन्जिनियर सचिन क्षेत्रीको करार अवधी २०७६ असार मसान्तमा सकिएको हो । नगर सभाबाट अनुमोदन भई पुन ३ महिना थप गरी निजलाई असोज मसान्तसम्म करार नियुक्ति गरेको थियो । त्यो करार अवधि पनि सकिएको छ । गौरादह राजपत्र नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५ को ९ं बुदा“को करार समाप्ती को नं. २ मा करार सम्झौता गरिएको प्राविधिक कर्मचारीको कार्य सन्तोषजनक नभएको भनी कार्यरत विषयगत शाखा वा कार्यालयले सिफारिस गरेमा प्रमुखले आवश्यक छानविन गर्न लगाई सफाइको मौका दिई कार्यालयले जुनसुकै अवस्थामा करारबाट हटाउन सकिनेछ भनी उल्लेख छ ।
20191018_192547
नगरपालिकाका उपमेयर गीता भेट्वालले कर्मचारी सम्बन्धि के कस्तो विबाद भएको हो, इन्जिनियर सचिन क्षेत्रीले हाजिर गर्यो गरेन आफुलाई केही थाहा नभएको बताइन् । स्व. धनवीर राजवंशीको पिडितलाई राहत दिने र इन्जिनिय सचिन क्षेत्रीलाई बर्खास्ती गर्ने भनी सार्वपक्षिय सहमति भएपनि उत्त सहमति कार्यपालिकाको निर्णय नभएको बताइन् । उनले भनिन् –‘उक्त विषयमा हालसम्म कार्यपालिकाको बैठक नै बसेको छैन् ।’ सर्वपक्षिय बैठकलाई कार्यपालिकाको वैठक भन्न मिल्दैन उनले थपिन् ।
गौरादह नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले कार्यपालिकासहति सर्वपक्षिय वैठकले नगर प्रमुखलाई प्रक्रिया पुर्याएर असोज १४ गते भएको सहमति कार्यान्वय गर्न सम्पुणर््ाअधिकार दिएको बताए । उनले भने – ‘नगर प्रमुखले कार्यान्वयन गरे गरेनन् केही थाहा नभएको बताए ।’ एक अर्को प्रसंगमा कार्यपालिकाको माइन्युट नै च्यातिएको भन्ने सुनिन्छ नि ? भन्ने प्रश्नमा उनले भने –‘ कार्यपालिकाको माइन्युट च्यातिएको हो होइन त्यसबारे नगर प्रमुखले जानकारी पनि गराएको छैन र वैठक पनि बसाएको छैन ।’

गौरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीको परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय असोज १४ गते गरेपछि नगरपालिका र स्थानियबीच भएको तनाव साम्य भएको थियो ।

सामाजिक कार्य गर्दै निज राजवंशीको मृत्यु भएको जनाउदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले उनलाई सामाजिक अभियन्ताका रूपमा सम्मान दिने समेत निर्णय गरेको थियो । नगरपालिकाले नगरपालिकाको कामकारबाहीको अनुगमन गर्ने, अनियमितता गर्ने कर्मचारीको छानवीन गरि कानुनी कार्वाहिका लागि सिफारिस गर्नेलगायतका कार्यहरू गर्न सुशासन समितिसमेत गठन गर्ने निर्णय गरेको थियो ।
गौरादह नगरपालिका वार्ड नं८ भुडिसिमल बस्ने बर्ष अन्दाजी ५८ को मृतक धनवीर राजवंशी असोज १२ गते उपभोक्ता समितिको रकम भुक्तानीका लागि नगरपालिका गएका थिए । तर पटक पटक भुक्तानीका लागि नगरपालिका गए पनि असोज १२ गते पनि भुक्तानी नपाए पछि उनी नगरपालिका मुल गेटमै बेहोस भई लडेका थिए । उनलाई उपचार गर्न लाने क्रममा मृत्यु भएपछि मृतक राजवंशीको लास नगरपालिका परिसरमा राखी स्थानियहरूले प्रदर्शन गरेका थिए । नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ को वजेटबाट वैराती बजार टहरा निर्माणका लागि ३ लाख रूपैयाँ छुट्याएको थियो । उत्त टहरा निर्माण गर्न मृतक राजवंशीको अध्यक्षतामा टहरा निर्माण समिति गठन भएको थियो । असार महिनाको २५ गते वार्ड सिफारिस, अनुगमन समितिको कार्य सम्पन्न गरेको प्रतिवेदन सहित नगरपालिकाको प्राविधिक शाखामा फाइल पेश गरेका थिए ।
स्व. धनवीर राजवंशीका छोरा सूर्य राजवंशीले हालसम्म क्रिया खर्च भनेर नगरपालिकाले ५० हजार मात्र दिएको बताए । उनले भने –‘हिजो उपमेयर गिता भेटवाललाई फोनमा रकमको बारेमा कुरा गर्दा अहिले अधिकृत नभएकोले रकम दिन नसकेको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १ : ५८ बजे