११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

गाैरीगंजकाे कार्यपालिका बैठकमा घम्साघम्सी, वार्ड अध्यक्षहरूसहित अधिकांस सदस्यहरूद्वारा बैठक बहिष्कार


२१ भदौ २०७७, आइतबार  

0
Shares

गाैरीगंज २१ , भदाै / गाैरीगंज गाउँपालिकाकाे आज बसेकाे कार्यपालिकाकाे बैठकमा घम्साघम्सी भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा दिउसाे २ बजे बसेकाे बैठकमा जनप्रतिनिधि र प्रशासकिय अधिकृतबीच घम्साघम्सी भएकाे हाे । वैठक भने दिउसाे १ बजे नै बाेलाएकाे थियाे ।
गाउँपालिकाका प्रशासकीय अधिकृत प्रवीन दाहालकाे रवाना हुने बेलामा गाउँपालिकामा निर्माण भएका विपन्न आवास निर्माण, अघिल्लाे अार्थिक वर्षकाे दायित्व, ठेक्का टेण्डरकाे हरहिसाबलगायतका विषयमा विवाद भएपछि गाउँपालिकाका ६ वटै वार्डका अध्यक्षहरूसहित अधिकांस कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन् ।
गाउँपालिकाका अधिकृत दाहालले महिनामा ५ दिन हाजिर गरेर एक महिनाकै अतिरिक्त भत्ता लिन खाेजेकाे, अघिल्लाे वर्षकाे दायित्वकाे सारेकाे हरहिसाव नदेखाएकाे, ठेक्का टेण्डरका विषयमा कार्यपालिकाकाे वैठकमा निर्णय भएकाे अनुसार प्रशासकिय अधिकृतले नगरेकाे, क्वारेन्टाइनमा भएकाे खर्चकाे हरहिसाब नदेखाएकाेलगायत विषयमा वैठकमा अधिकांस कार्यपालिका सदस्यहरूले उठाएपछि बैठक केहिबेेर बसेर स्थगित गरिएकाे स्राेतले बतायाे ।

 

 

 

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ९ : ५१ बजे