५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कृषकले ल्याएकाे युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि ..


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

फाईल फाेटाे

कचनकवल १८, भदाै / यहाँका दुई जना कृषककाे धान खेतका लागि ल्याउदै गरेकाे ३ बाेरा रासायनिक युरिया मल प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

कचनकवल गाउँपालिका वार्ड नं. ७ बस्ने नारायण राजवंशी र हल्दिवारी गाउँपालिका वार्ड नं. २ बस्ने कृष्ण राजवंशीकाे अाज विहान ८ बजे सगरमाथा चाैक नजिक सोमबारे शस्त्र प्रहरी चौकीबाट खटी गएकाे प्रहरीले ३ बाेरा युरिया मल नियन्त्रणमा लिएको हो ।

‘हामी किसान हाै धानखेतका लागि किनेर ल्याएका हाै भन्दा पनि सशस्त्र प्रहरीले बढी बाेल्छस भन्दै हप्काउदै मलकाे बाेरा खाेसेर लगे ‘ कचनकवल -७ का नारायण राजवंशीले भने – ‘ऋण काडेर भएकाे पैसाले ल्याईएकाे मल त्याे पनि लग्याे अब केले मल किन्नु ? ‘
जिल्ला प्रहरी कार्यालयका झापा प्रमुख कृष्ण प्रसाद काेईरालासंग साे विषयमा बुझ्दा नियन्त्रणमा लिईसकेकाे युरिया मल फर्काउन नमिल्ने जवाफ फर्काएकाे सांस्कृतिक जनमत संघका केन्द्रीय सञ्चार प्रमुख टेक बहादुर राजवंशीले बताए ।
धानवालीलाई युरिया मल छर्नु पर्ने समय भएकाे बेलामा मल अभावले कृषकहरू अाजित छन् । प्रर्याप्त युरिया मल स्थानिय बजारमा उपलब्ध नभईदिदा कृषकहरू भारतीय बजारबाट लुकाई छिपाई ल्याएकाे मल महँगाे दरमा किनेर ल्याउन बाध्य छन् ।
सञ्चार प्रमुख राजवंशी भन्छन् – ‘सरकारले किसानलाई मल उपलब्ध गराउनु पर्याे हाेईन भने जसाेतसाे भारतीय बजारबाट ल्याएकाे किसानकाे मल प्रहरीले धडपकड गर्नु भएन । किसानकाे मल प्रहरीले नियन्त्रणमा लिनु कुनै पनि काेणबाट ठिक छैन, सरासर गलत छ ।’

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १ : ४२ बजे