१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका ज्येष्ठहरूकाे तीर्थ दर्शनदेखी अायअार्जनसम्मकाे कार्य याेजना


१८ भाद्र २०७५, सोमबार  

0
Shares

20180903_083013
गाैरीगंज १८, भदाै / ज्येष्ठ नागरिक संघ गाैरीगंजकाे अध्यक्षमा विश्वप्रसाद अधिकारी चयन हुनुभएकाे छ । गाैरीगंजमा हिजाे बसेकाे जेष्ठहरूकाे भेलाबाट अध्यक्षसहित १७ सदस्यीय समिति चयन भएकाे हाे ।
गाैरीगंजमा रहेका ज्येष्ठ नागरिकरहरूकाे भेलाबाट समितिकाे उपाध्यक्षमा रामकृष्ण यादव र जयेन्द्र प्रसाद राजवंशी, सचिवमा विष्णु प्रसाद न्याैपाने, सहसचिवमा निलमणी नेपाल र दिलमाया फुयाल, काेषाध्यक्षमा झरमाया पाैडेल चयन भएका छन् । यसैगरी समितिकाे सदस्यमा केदारनाथ झा, हिराकाजी गिरी, टिकालाल ताजपुरिया, डाेमनलाल गन्गाई, राम बहादुर रसाइली, सत्यनारायण राजवंशी, भानुभत्त सुवेदी, लक्ष्मी देवी लुईटेल, जसबहादुर लिम्बु र उघनलाल यादव छन् ।
समितिले अार्थिक वर्ष ०७५/७६काे वार्षिक कार्ययाेजना समेत बनाएकाे छ । समितिले ज्येष्ठ नागरिक सम्मान गर्ने, तिर्थाटन (देश दर्शन) अवलोकन भ्रमण, स्वास्थ शिविर संचालन र अल्जाइमर प्रशिक्षण राेग सम्बन्धि प्रशिक्षण, ज्येष्ठ नागरिक स्याहारकर्ता प्रशिक्षण र अन्तपुस्ता सम्बन्ध कार्यक्रम, ज्येष्ठ नागरिक एेन कानुन सम्बन्धि तालिम, ज्येष्ठ नागरिक चाैतारी निर्माण, दिवासेवा केन्द्र संचालन, अायअार्जन लगायतका कार्यक्रम संचालन, माता तिर्थ अाैसी, कुसे अाैसीमा ज्येष्ठ नागरिकलाई सम्मान तथा फलफुल वितरण गर्ने बार्षिक कार्य याेजनामा राखेकाे छ । साथै समितिले कार्यालय भवन निर्माण लागि जग्गाकाे खाेजी भइरहेकाे बताउनुभयाे ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  २ : ४७ बजे