१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -४ मा अनुदानमा कृषकलाई पानी तान्ने माेटर


२१ भाद्र २०७७, आइतबार  

0
Shares

गाैरीगंज २१, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले अनुदानमा कृषकलाई पानी तान्ने माेटर वितरण गरेकाे छ।
अधिकांश कृषकहरूकाे बसाेवास रहेकाे वार्ड नं. ४ मा धानवाली लगायत अन्य सागसब्जी खेती गर्न सहज हाेस् भनेर ३७ जना कृषकलाई प्रति १ वटा माेटरका दरले अनुदानमा वितरण गरिएकाे हाे ।
वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीले २७ जना कृषकलाई २ एचपीकाे र १० जना कृषकलाई १ एचपीकाे माेटर ८० प्रतिशत अनुदानमा वितरण गरिएकाे जानकारी दिएका छन् ।
वितरण कार्यक्रममा वार्ड नं. ४ का वार्ड अध्यक्ष गिरीसहित सदस्यहरू राम बहादुर राजवंशी, बाङ्गाे गिरीलगायतकाे सहभागिता थियाे । अाकाशे पानीकाे भरमा धानखेती र सागसब्जी उब्जाउ गर्ने कृषकहरूले वार्ड कार्यालयबाट ८० प्रतिशत अनुदानमा पानी तान्ने माेटर पाएपछि खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ०६ बजे