५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अब कोरोना बिरामीलाई नि:शुल्क उपचार गर्न सकिन्न: प्रधानमन्त्री ओली


१३ भाद्र २०७७, शनिबार  

0
Shares

 

 


गाैरीगंज १३, भदाै / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरामीलाई अब सरकारले नि:शुल्क उपचार गर्न नसक्ने बताएका छन् । उनले सबैलाई नि:शुल्क उपचार गर्ने नीति ठिक नभएको र परिमार्जन हुनसक्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले शनिवार राती ८ बजे प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा छिमेकी देशले पनि नसकेको अवस्थामा नेपालमा सबैको निशुल्क उपचार गरेर असाधारण काम गरेको बताए।

हाल सरकारले मापदण्डमा परेका सबैको नि:शुल्क परीक्षण तथा उपचार गर्दै आएको छ।
‘कतिपय देशले कसैका लागि एकपैसा उपचार खर्च पनि गर्दैन। लक्षण देखिए अस्पताल जाउँ, जँचाउ, उपचार गर भन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी गरिब-धनी नभनेर निशुल्क उपचार गर्छौं। यसमा सुधार गर्नुपर्ने हुनसक्छ। जसको कोही छैन त्यसको सरकार छ। जो आफै सम्पन्न छ उसले आफ्नै खर्चमा उपचार गर्न सक्छ। सबैको खर्च सरकारले व्यहोर्नुपर्ने आवश्यकता छैन।हामीले त्यसमा विचार गर्नुपर्छ ।

उनले उप-प्रधानमन्त्री इश्वर पोखरेल नेतृत्व कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई परिवर्तन गर्न आवश्यक नभएको समेत बताए।
‘जनताको सचेतना जगाउनु छोडेर काम गरिरहेको मान्छेलाई परिवर्तन गरेर केही हुन्छ जस्तो मलाई लाग्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘जे कदम चालेको छ त्यो सरकारका लागि हो भन्ने कतिपयले ठानेँ। सरकारका कदम आफ्ना लागि चालिरहेको हो भनेर बुझ्नुपर्छ।’
यस्तै प्रधानमन्त्री ओलीले अहिले अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा पाउन नसकेको बताएका छन्।
‘दुनियाँमा अहिले बेसार अभाव भएको छ, अमेरिकाले खोजेको छ, युरोपले खोजिरहेको छ, तर अभाव छ सबैतिर,’ उनले भने, ‘यो एउटा मसालाको रुपमा मात्र र स्वादका लागि मात्र सीमित रहेन।’
बिभिन्न रोग लागेका व्यक्तिहरुले एक गिलास दुधमा सानो एक चमच बेसार राखेर खाँदा त्यसले रोग नियन्त्रण गर्न निकै ठूलो काम गर्ने उनले बताए।

 

 

 

 

 

 

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ३१ बजे