८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा निषेधाज्ञा हट्याे, भाेलीदेखि विहान ७ बजेदेखि १२ बजेसम्म पसल खुल्ला


११ भाद्र २०७७, बिहिबार  

0
Shares

 


गाैरीगंज ११, भदाै / गाैरीगंज गाउँपालिकामा जारी गरिएकाे निषेधाज्ञा खुलेकाे छ ।

गाउँपालिकाकाे सिसिएमसी (काेभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र ) काे आज बसेकाे वैठकले निषेधाज्ञा खुलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुराेध गर्ने भनी निर्णय गरेकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे रूबी डिपार्टमेन्टका सञ्चालक ३० बर्षिय पुरूष संक्रमितकाे सम्पर्कमा आएका सबैकाे पीसीअार रिपोर्ट नेगेटिभ आएपछि जारी गरिएकाे निषेधाज्ञा अाज १२ बजे राती देखि खुलाउने निर्णय भएकाे हाे ।
समुदायस्तरमा गाैरीगंजमा काेराेना संक्रमण फैलिएकाे भन्दै गाउँपालिकाले भदाै ४ गतेबाट निषेधाज्ञा जारी गरेकाे थियाे ।
बैठकले भाेलीदेखि विहान ७ बजेदेखि १२ बजेसम्म स्थायी पसल, विहान १० बजेदेखि २ बजेसम्म वैंक तथा वितिय संस्थाहरू खुलाउने निर्णय गरेकाे छ ।

स्थायीरूपमा रहेका पसलहरू ७ बजेदेखि १२ बजेसम्म मात्र खाेल्न पाउने यस बाहेककाे समयमा पसल खाेलेकाे पाईए पहिलाे पटक २ हजार, दाेस्राे पटक पाईएमा ५ हजार र तेस्रो पटक पसल खाेलेकाे पाईएमा १० हजार रूपैयाँसम्म जरिवाना लाग्ने बैठकले निर्णय गरेकाे छ ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष तथा सिसिएमसीका संयाेजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेकाे बैठकबाट उत्त निर्णयहरू भएकाे हाे ।
बैठकले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे रूवी डिपार्टमेन्ट र तीनकै अर्काे पसल अर्काे सुचना नआउञ्जेलसम्मका लागि बन्द रहने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  १ : २४ बजे