८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

काेराना संक्रमित छाेरा निकाे भएर घर फर्कदै, आमालाई संक्रमण गाैरीगंजमा निषेधाज्ञा जारी


१० भाद्र २०७७, बुधबार  

0
Shares

 

 

 

 

गौरीगंज १०, भदौ / गौरीगंज गाउँपालिकामा अहिले थप एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ वस्ने ५४ वर्षिया महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । गाउँपालिकाले पहिलो चरणमा समुदायस्तरमा ७४ जनाको पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएका मध्ये एक महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य शाखा गौरीगंजका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । संक्रमित महिला यस अघि गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने ३० वर्षिय कोरोना संक्रमित पुरुषको आमा हुन् । आजै ती पुरुष कोरोना जितेर घर फर्कदै छन् ।
गौरीगंज गाउ“पालिका वार्ड नं. ६ खजुरगाछी बस्ने ३० वर्षिय पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएपछि गाउँपालिकाले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको ठहर गरी संक्रमित व्यक्तिको सम्पर्कमा आएका पहिलो चरणमा ७४ जना र दोस्रो चरणमा थप १४९ जनाको स्वाव संकलन गर्ने कार्य गरेको थियो । ७४ जनामा ७३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने १४९ जनाको पीसीआर रिपोर्ट आउन वाँकी छ ।

गाउँपालिकामा निषेधाज्ञा जारी
गौरीगंज गाउँपालिकामा लगाइएको निशेषाज्ञा जारी रहने जनाएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरिक कोभिड आपत्तकालिन कार्य सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले समुदायस्तरमा दोस्रो चरणको कोरोना परिक्षणको नतिजा नआउञ्जेलसम्मका लागि गौरीगंज क्षेत्रमा निषेधाज्ञा जारी रहने निर्णय भएको हो ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने ३० वर्षिय पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएपछि गाउँपालिकाले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको ठहर गरी संक्रमित व्यक्तिको सम्पर्कमा आएका पहिलो चरणमा ७४ जना र दास्रो चरणमा थप १४९ जनाको स्वाव संकलन गर्ने कार्य गरेको थियो । पहिलो चरणमा स्वाव संकलन गरिएको मध्ये ७३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको र १ जनाको पोजिटिभ रिपोर्ट आएको तथा दोस्रो चरणमा संकलन गरिएको स्वावको पीसीआर रिपोर्ट आउन बाकी रहेकोले निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
नेपाल सरकारले देशका प्रदेश १ को दुईवटा नाका जोगवनी र काकँरभिट्टावाहेक सवै नाका बन्द गरेको अवस्थामा यस गाउँपालिका अन्तरगत कुनै पनि नाकाबाट आवागमनलाई निरुत्साहति गर्ने बैठकले निर्णय गरेको छ ।

 

 

 

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ०९ बजे