५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज -१ महाभारामा ६२ जनाकाे स्वाव संकलन


७ भाद्र २०७७, आइतबार  

0
Shares

 

गाैरीगंज ७, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं १ महाभारामा आज विहान ६२ जनाकाे स्वाव संकलन गरिएकाे छ ।

शिवसताक्षि नगरपालिका वार्ड नं. ४ बस्ने एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्ति गाैरीगंज – १ काे कुञ्जवारी बजार, देवीगाढा र आसपासकाे क्षेत्रमा गुमफिर गरेकाे हुनाले उत्त स्थानका व्यापारी, उनकाे सम्पर्कमा अाएका व्यक्ति र सर्वसाधारणकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएकाे हाे । 

काेराेना भाईरसकाे संक्रमण समुदायस्तरमा नफैलियाेस भन्ने उदेश्यले वार्ड नं. १ मा पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएकाे वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् । काेराेना भाईरसकाे संक्रमणबाट बच्न गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले वार्ड भरी लकडाउन जारी गरेकाे छ भने यता गाैरीगंज गाउँपालिकाले वार्ड नं. ३,४,५ र ६ मा निषेधाज्ञा जारी गरेकाे छ । जसका कारण गाैरीगंज क्षेत्र सुनसान बनेकाे छ भने जनजिवन प्रभावित भएकाे छ ।

गाैरीगंज गाउपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिसकेका व्यक्तिहरूले वाहिर हिडडुल  नगरिदिन हुन अनुराेध गरेका छन् ।  

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : ४४ बजे