१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा संक्रमितको सम्पर्कमा आएका सबै जनाको पीसीआर रिपोर्ट नेगेटिभ


२ भाद्र २०७७, मंगलबार  

0
Shares

20200528_210918

गौरादह २, भदौ / झापाको गौरादह नगरपालिकाको वडा नं.७ का दुइजना पुरुषमा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको सम्पर्कमा आएका १०० जनाको पीसीआर परीक्षणका लागि पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

समुदायमा कोरोना फैलने आशंकामा यहि साउन २७ गते वडा नं. ३, ७ र ८ को समुदाय तथा स्थानीय बजार र एन.आइ.सि एशिया बैकका कर्मचारी गरि १०० जनाको स्वाब संकलन गरि मेची अञ्चल अस्पताल पठाइएको थियो ।
उनिहरुसँग प्रत्यक्ष सम्पर्कमा आएका आफन्त, कन्ट्याक्ट ट्रेसिङको आधारमा एन.आइ.सी एशिया बैंक गौरादह शाखाका ३ जना कर्मचारी तथा ग्वालडुब्बा बजार क्षेत्रका ३५ जना महिला र ६५ पुरुष गरि १०० जनाको पहिचान गरि पीसीआर परीक्षण्का लागि स्वाब संकलन गरिएको थियो ।

गौरादह-७ को जामवाडी घर भएका इलाममा कार्यरत सशस्त्र प्रहरी बलका २५ र २७ वर्षका दुई जवान बिदा मनाउन घर आएका थिए । उनिहरु होम क्वारेन्टाइनमा नै बसेका बेला पीसीआर परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको थियो । गौरादहमा हालसम्म ५ महिला र १२ पुरुष गरि १७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमा ५ जना पुरुष मोरङ्ग गोठगाउँको आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : ४९ बजे