१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज–३ द्वारा ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण



गौरीगंज ३, असार/ गौरीगंज बहुमुखी क्याम्पसमा अध्ययनरत १२ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
विपन्न परिवारका ११ कक्षामा अध्ययनरत १२ जना छात्रालाई गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले आज साइकल वितरण गरेको हो । गौरीगंज गाउँपालिका वार्ड नं. ३ को १ लाख रुपैयाँ बजेटबाट साइकल वितरण गरिएको वार्ड नं. ३ का अध्यक्ष मखना महतोले जानकारी दिएका छन् । साइकल वितरणबाट छात्राहरुलाई हौसला मिल्ने र घरबाट क्याम्पस टाढा भएका छात्रालाई क्याम्पस आउन सहज हुने वार्ड अध्यक्ष महतोले बताए । कार्यक्रममा वार्ड अध्यक्ष मखना महतो, गौरीगंज बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, गौरीगंज बहुमुखी क्याम्पस स्ववियु सभापति देव ताजपुरियालगायत उपस्थिति थियो । त्यसैगरी वार्ड नं. ३ ले विपन्न परिवारका २५ जना सदस्यहरुलाई जस्तापात वितरण गरेको छ । उनीहरुलाई आजै वार्ड नं. ३ का अध्यक्ष मखना महतोले हुन् । प्रत्येक परिवारलाई २४ वटा जस्तापाता वितरण गरिएको हो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ८ : १४ बजे