१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादह -१ द्वारा उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई सम्मान स्वरूप मायाकाे चिनाे प्रदान


२७ श्रावण २०७७, मंगलबार  

0
Shares

20200811_132928
वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारी ( बायाँ)ले मायाकाे चिनाे प्रदान गर्दै उपभोक्ता समितिका अध्यक्ष दुर्गा दाहाल (दायाँँ)

गाैरादह २७, साउन / स्थानियतहले विकास निर्माणलगायत भाैतिक पुर्वाधारका कार्यहरू उपभोक्ता समितिमार्फत गर्न भनेर उपभाेक्ता समिति गठन गरेपनि अन्ततः ठेक्कादार मार्फत नै गर्ने गरेकाे पाईन्छ ।
यसरी ठेक्का दिँदा केही रकम मुनाफा लिएर उपभोक्ता समितिले ठेक्का दिने गरेकाे चलन पुरानै हाे । तर, यहाँकाे एक उपभोक्ता समितिले ठेक्का नदिई आफ्नै बलबुत्ताले रकम अनुसारकाे कार्य सम्पन्न गरि वडा कार्यालयलाई जिम्मा लगाएका छन् । जसका कारण उपभोक्ता समितिले वाहवाहि मात्र पाएनन् वडाबाट सम्मान पनि पाएका छन् ।

गाैरादह नगरपालिका वार्ड नं. १ काे एक उपभोक्ता समितिलाई विनियोजित रकम अनुसारकाे समयमै काम सम्पन्न गरेपछि प्राेत्साहन स्वरूप वडा कार्यालयले सम्मान गरेकाे छ ।
गाैरादह नगरपालिकाद्वारा विनियाेजित २० लाख रूपैयाँमा पुल निर्माण गर्न जिम्मा दिएकाे उपभोक्ता समितिलाई वडा नं. १ ले मायाकाे चिनाे प्रदान गरेर आज सम्मान गरेकाे हाे ।

20200811_133212

गाैरादह नगरपालिका वार्ड नं. १ स्थित चारआलि दक्षिणकाे पुल निर्माण गरिएकाे उपभोक्ता समितिका अध्यक्ष दुर्गा दहाललाई वार्ड नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले सम्मान गरेकाे हाे ।
वडा अध्यक्ष भण्डारीले सामाजिक दुरी कायम राख्दै उत्त पुलकाे उद्घाटनसमेत गरेका छन् । उपभोक्ता समितिले कुनै ठेकेदारलाई ठेक्का नदिई रकम अनुसार समयमै आफैले काम गरेर उदाहरणीय कार्य गरेकाे ठहर भए अनुसार वडा कार्यालयले समितिलाई मायाकाे चिनाे प्रदान गरेकाे थियाे । वडा कार्यालयले अागामी अार्थिक वर्ष २०७७/७८ मा पनि उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई प्राेत्साहन स्वरूप सम्मान गर्ने वडा अध्यक्ष भण्डारी बताए । उपभाेत्ता समितिमा सचिव बलराम गुरूङ्ग, काेषाध्यक्षमा सारदा रिजाललगायत थिए । पुल उद्वघाटन कार्यक्रममा कार्यपालिका सदस्य देवीमाया श्रेष्ठ, टाेलविकास समितिका अध्यक्ष छत्र श्रेष्ठलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : ३३ बजे