१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

दुःखमा पुग्यो सहारा, पिडित परिवारलाई आर्थिक सहयोग


१५ श्रावण २०७७, बिहिबार  

0
Shares

sahara

गौरीगंज १५, साउन / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना एक शेयर सदस्य परिवारलाई  मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद रु ३० हजार हस्तान्तरण गरेको छ ।
सहारा नेपाल गौरीगंजले कमल गाउँपालिका वार्ड नं. १ घर भएका छत्र बहादुर कार्कीलाई उक्त रकम आज हस्तान्तरण गरेको हो । उनको पिता लाल बहादुर कार्कीको यहि साउन ०६ गते निधन भएको थियो । निज मृतकको १२ दिनको सुध्याई पश्चात पिडित परिवारलाई सेवा केन्द्र गौरीगंजले पुनः क्रिया खर्च वापत ३० हजार रुपैयाँ दिने सेवा केन्द्र गौरीगंजका बरिष्ट सहायक सुभाष झाले बताए ।
दुःखमा पुग्यो सहारा भन्ने सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले पिडित परिवारलाई आर्थिक सहयोग गरेको सेवा केन्द्र गौरीगंजका बरिष्ट सहायक झाले बताए । सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजका बरिष्ट सहायक सुभाष झा, सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजका सहयोग समितिका सदस्य चुडा बहादुर भुजेल, गौरादह सेवा केन्द्रका प्रमुख दिल कुमारी राउत, गौरादह सेवा केन्द्रका बरिष्ठ सहायक प्रविन राजवंशीले संयुक्तरुपमा उक्त रकम पिडित परिवारलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १२ : ४७ बजे