१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड नजिक


१३ असार २०७७, शनिबार  

0
Shares

20200528_210918
गाैरीगंज १३, असार / विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या १ करोड नजिक पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार शनिबार मध्यान्हसम्म ९९ लाख १२ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै मृत्यु हुनेको सङ्ख्या बितेको २४ घण्टामा पाँच हजार ११६ रहेको छ भने शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको कूल सङ्ख्या चार लाख ९७ हजार ६७ पुगेको समाचारमा जनाइएको छ ।

विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी सङ्क्रमित तथा मृतकको अमेरिकामा रहेको छ भने यूरोपमा करिब २६ लाख सङ्क्रमित रहेका छन् । त्यस्तै एशियामा २१ लाख २२ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमणका आधारमा भन्ने हो भने कोरोनाभाइरसबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत, बेलायत, स्पेन, पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : २६ बजे