८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा थप १ जनामा काेराेना संक्रमण भएकाे पुष्टि


३२ जेष्ठ २०७७, आइतबार  

0
Shares

20200528_210918

गाैरीगंज ३२, जेठ/  गाउँपालिका वार्ड नं. ५ का १ जना २१ बर्षिय पुरूषमा कोरोना पुष्टि भएको गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।

भारतकाे लुधियानाबाट आएका उनलाई खजुरगाछी माविकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । याेसंगै गाैरीगंजमा काेराेना संक्रमित १६ जना पुगेकाे छ । जसमा ३ जना उपचारपछि घर फर्किएका छन् ।  नेपालमा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम जानकारी दिए । उनका अनुसार नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
यसअघि झापाकाे भद्रपुरमा ४, मेचीनगर २, कनकाई ३, अर्जुनधारा २, दमक १, गौरादह ४, शिवसताक्षी १, बुद्धशान्ति ५, हल्दिवारी २,कचनकवल १२६, कमल १, गौरीगञ्ज १५, बाह्रदशी ७ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । शनिवारसम्ममा झापाको १५ पालिकाका ६ हजार ४ सय ६६ जनाको कोरोना परीक्षण भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म झापाका १४ पालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । क्वारेन्टाइनमा बसेको आधारमा बुद्धशान्ति बसेका बिर्तामोडका एक व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । उनी उपचार पछि फर्किसकेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ११ : ०७ बजे