६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापामा आज १३ जना काेराेना संक्रमित थपिए


३० जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200528_210918

गाैरीगंज ३०, जेठ/ देशभर आज कूल ४४८ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये झापाका मात्रै १३ जना छन् ।
थपिएका मध्ये कचनकबल गाउँपालिकाका ११ जना र बाह्रदशी गाउँपालिकाका २ जना हुन् । थपिएका सबै भारतबाट फर्किएका हुन् । उनीहरु सबै गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए ।

झापामा यससंगै संक्रमितको संख्या १ सय ६१ पुगेको छ । कचनकबलमा मात्र १ सय २४ जना संक्रमित पुगेका छन् । आज पुष्टि भएका संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँमा रहेको कोभिड उपचार केन्द्र लाने तयारी भइरहेको जनस्वास्थ्य झापाका प्रमुख इश्वरी पौडेलले जनाकारी दिन भयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ११ : १५ बजे