१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा पूर्ण अपाङ्गता तथा गौरीगञ्ज आधारभूत अस्पतालमा प्रसुती गराउनुभएका महिलालाई फाइबर ब्लाङ्केट



गौरीगंज २, माघ / गौरीगंज गाउँपालिकाले आफ्ना ६ वटा वडामा गरि एक सय उन्नासत्तरी पूर्ण अपाङ्गता (‘क’ वर्ग) भएका व्यक्ति तथा गौरीगञ्ज आधारभूत अस्पतालमा प्रसुती गराउनु भएका महिलाहरूलाई बढ्दो जाडोबाट बच्नका लागि फाइबर सिरक वितरण गरेको छ ।

केही दिनयता बढेको चिसो, शीतलहर र जाडोलाई मध्य नजर गरि पूर्ण अपाङ्गता भएका व्यक्ति तथा गौरीगञ्ज आधारभूत अस्पतालमा प्रसुती गराउनुभएका महिलाहरूलाई फाइबर सिरक वितरण गरेको गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले जानकारी दिइन् ।
अध्यक्ष राजवंशीका अनुसार वडाको माग र आवश्यकता अनुसार गौरीगंज गाउँपालिकाको वडा नम्बर १ देखी ६ सम्मका सबै वडामा फाइबर सिरक वितरण गरिएको हो । एन.आई.सि. एसिया गौरीगंजको आर्थिक सहयोगमा उपलब्ध भएको उत्त फाइवरको सिरक वितरण गाउँपालिकाकी अध्यक्ष फूलवतीराजवंशीसहित गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, एन.आई.सि. एसिया गौरीगंजकी शाखा प्रमुख मनिसा साह र सर्भिस म्यानेजर देवनारायण गन्गाईले संयुक्तरुपमा वितरण गरेका थिए । बैंकले एक सय बैसठ्ठी वटा फाइवरको सिरक उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : १० बजे