१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

भारतबाट नेपालीलाई सामान ल्याएको वा दिएको पाइए ५ हजार जरिवाना


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

pani barabar

आत्माराम राजवंशी
गौरीगंज २, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ५ को फत्तेपुर नाकासंग जोडिएको भारतीय वस्तीमा बसोवास गर्ने नागरिकहरुले कुनै पनि सामान नेपाल लैजाने  वा कुनै नेपालीलाई  दिएको पाइए    त्यस्तो    व्यक्तिलाई ५ हजार जरिवानासहति कारर्वाही गर्ने जनाएका छन् ।
विहार राज्यको किसनगंज जिल्ला अन्तर्गत टेढागाछ सीमासंग जोडिएको फत्तेपुरमा तुलेश्वर सिंह गन्गाईको अगुवाईमा त्यहाँको नागरिकहरुले त्यस्तो निर्णय गरेका हुन् । गन्गाई विहार राज्य किसनगञ्ज जिल्ला टेढागाछ क्षेत्रका उपप्रमुख हुन् । उनकै अगुवाईमा भारतीयहरुको प्रत्येक घर–घरमा गई नेपालका नागरिकलाई भारतबाट कुनै सामान लान नदिने र कसैले नेपालीलाई कुनै पनि सामान दिए ५ हजार जरिवानासहित कार्यवाही गर्ने बताउँदै त्यस्तो निर्णय गरिएको हो ।
नेपालको सीमावर्ती गाउँमा उता (नेपालतर्फ) गएको बेला भारतीयहरुलाई कोरोना संक्रमण फैलाउने निहुँमा नेपालको प्रहरी र स्थानियहरुले दुःख दिएको हुनाले त्यस्तो निर्णय गरिएको उनीहरुले बताएका थिए ।
उनीहरुहरुले केही दिन अघि फत्तेपुर सीमामा नारावाजी गर्दै नेपालीहरुलाई भारततर्फ छिर्न नदिने र कोही भारतीय नागरिक खाद्यान्न सामान नेपालीलाई दिए वा नेपाल तर्फ लगे जरिवानासहित कारर्वाही गर्ने चेतावनी दिएको गौरीगंज गाउँपालिका वार्ड नं. ५ फत्तेपुर बस्ने सहदेव सिंह गन्गाईले जानकारी दिए ।
झापाको गौरीगञ्ज–५ फत्तेपुरस्थित नेपाल–भारत सीमा नजिक बसोबास गर्दै नेपालीहरुको करिब ३ सय घर परिवारको बस्ती छ । त्यतिनै संख्यामा सीमापारी भारततर्फ भारतीय नागरिकको पनि बसोबास छ । अन्तरराष्ट्रिय सीमानाको नो म्यान्स ल्याण्डसंगै रहेको उक्त दुवै बस्ती सदियौं देखि त्यँहि छन् ।

उत्तरदेखि करिब १ किलोमिटर क्षेत्रमा दर्जन भन्दा बढी ट्वेलहरु दश गजा क्षेत्र ( ‘नो म्यान्स ल्याण्ड’) मै गाडिएका छन् । लडडाउन अघि त्यही ट्वेलको पानीले दुवै तर्फका नागरिकले ( भारत र नेपालतर्फका) नुहाउने, लुगा धुने, पिउनेलगायत घरायसी प्रयोजनमा प्रयोग गर्थे । तर कोरोना भाइरसको संक्रमण्माले उनीहरुको बीचको सम्बन्ध भने पानी बाराबारको अवस्थामा पुर्याएको छ । एकले अर्कालाई ट्वेलको पानी लिन नआउन भनेका छन् भने हिड्डुलसमेत नगर्न भनेका छन् ।

उत्तरदेखि करिब १ किलोमिटर क्षेत्रमा दर्जन भन्दा बढी ट्वेलहरु दश गजा क्षेत्र ( ‘नो म्यान्स ल्याण्ड’) मै गाडिएका छन् । लडडाउन अघि त्यही ट्वेलको पानीले दुवै तर्फका नागरिकले ( भारत र नेपालतर्फका) नुहाउने, लुगा धुने, पिउनेलगायत घरायसी प्रयोजनमा प्रयोग गर्थे । तर कोरोना भाइरसको संक्रमण्माले उनीहरुको बीचको सम्बन्ध भने पानी बाराबारको अवस्थामा पुर्याएको छ । एकले अर्कालाई ट्वेलको पानी लिन नआउन भनेका छन् भने हिड्डुलसमेत नगर्न भनेका छन् ।
लडडाउन अघि यी दुवै देशका नागरिकका बीचको सुमधुर सम्बन्धलाई लकडाउन पछि कोरोनाको संक्रमण्ले घृणा र द्वन्दमा परिणत गराएको छ ।
गौरीगंज वार्ड नं. ५ फत्तेपुरका ११० वर्षिय उचितलाल गन्गाई भन्छन् – ‘ सदियौदेखि दुवै देशका नागरिक यहि ट्वेलहरुको पानी पिउँदेै आएका छन् । हामी करिब ३ सय घर परिवार र उताका पनि करिब उतिनै संख्याको परिवार यीनै ट्वेलका पानी पिउदै आएका छौं । तर कोरोनाको भाइरसले हामी बीचको सम्बन्धलाई बिगारेको छ ।’
कोरोना भाइरसको संक्रमण एकले अर्कालाई सर्छ या सार्छ कि भन्ने भयले नेपालतर्फका नागरिकलाई भारतीय नागरिकले ट्वेलमा पानी लिन नआउन भनेका छन् भने नेपालीले भारततर्फका नागरिकलाई भनेका छन् ।
सीमाले उनीहरुको परिचय अलग अलग देशको नागरिक भएको गराए पनि सम्बन्ध भने संगोलमा बसेको एक दाजुभाई जस्तै थियो । एकै टोलमा बसेको र एकै आँगनमा बसेको परिवार सदस्य जस्तै उनीहरुको सम्बन्ध थियो । तर कोरोना भाइरसले उनीहरु बीचको सम्बन्धलाई अलग्याएकोमा आफुलाई नरमाइलो लागेको त्यहाँका पुराना बासिन्दा गन्गाई बताउँछन् ।
नेपाल र भारततर्फको दुवै बस्तीमा अधिकांश गन्गाई जाती , छिटफुट राजवंशी र ताजपुरिया जातिको बसोबास छ । ती दुवै बस्ती एक गाउँ जस्तै छ । दुवै गाउँको (नेपाल र भारततर्फको) नाम पनि एकै फत्तेपुर नै छ ।
नेपालतर्फ बस्ने नेपालीहरु गाई बस्तु, बाख्रा, खसी भारततर्फ गई बाँध्ने र उताका ( भारततर्फका) भारतीयहरुहरु यता आएर नेपाल तर्फ बाँध्ने गर्दै आएका थिए । यताका नेपालीहरु गाई बस्तुलाई चाहिने वर्ष भरिको परालको माँचको जोहो उता भारतीय भुमीमा गई गर्थे । उताका आएर यता नेपालतर्फ गर्थे । घरमा विवाहवारी होस् वा अरु कुनै धार्मिक अनुष्ठानाम एकले एकअर्कालाई कहिल्यै पराई सम्झेनन्, जहिल्यै बोलाउँथे र सरिक हुन्थे । भारतीय नागरिकले यता नेपालमा नेपालीहरुको भुमी ठेक्का लिएर मकैं, गँहु र धान खेती लगाउदै आएका छन् भने यताका नेपालीहरु पनि घरायसी प्रयोजनमा प्रयोग हुने खाद्यान्नदेखि लत्ताकपडासम्म भारतकै स्थानिय बजारमा निर्भर थिए ।
यो मित्रवत सम्बन्ध आजदेखि थिएन सदियौ देखि चलिआएको एक परम्परा जस्तै बनेको थियो ।

यी दुवै वस्तीको बीचको दुरी करिब ५० मिटरको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले भारतसंगको अन्तर्राष्ट्रिय सिमा ‘सिल’ गरेपछि यहाँको दुवै वस्ती ( नेपाल र भारत) तर्फका बासिन्दाबीचको दुरी ‘सिल’ मात्र भएको छैन सम्बन्ध पनि ‘सिल’ भएको छ ।

उनीहरुको सम्बन्धलाई सीमाले छेकेको थिएन । तर कोरोना भाइरसको संकमणले उनीहरुबीचको सम्बन्धलाई टुटाएको स्थानिय अगुवा तथा समाज सेवी जत्रुसिंह गन्गाईले बताए । उनले भने – ‘ हामी उता (भारततर्फ ) जादैनौं । उनीहरु पनि यता (नेपालतर्फ)आउदैन्न , बोलचाल बन्द भएको छ ’ ।
यी दुवै वस्तीको बीचको दुरी करिब ५० मिटरको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले भारतसंगको अन्तर्राष्ट्रिय सिमा ‘सिल’ गरेपछि यहाँको दुवै वस्ती ( नेपाल र भारत) तर्फका बासिन्दाबीचको दुरी ‘सिल’ मात्र भएको छैन सम्बन्ध पनि ‘सिल’ भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १२ : १७ बजे