६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

आदिवासी महिलाहरूले काेराेनाकाे महामारीबाट बच्न माता भगवतीकाे पुजा गरे


२७ बैशाख २०७७, शनिबार  

0
Shares

FB_IMG_1589040200197

गाैरादह २७, वैशाख / गौरादह नगरपालिका वडा नं. २ स्थित सिताराम ताजपुरिया चौकका स्थानिय आदिबासी समुदायले कोरोना भाइरसको महामारीबाट वच्न भगवती माताको पुजा आराधना गरेका छन् ।

आज शनिबार उनीहरुले सामुहिकरूपमा पारिवारिक तथा सम्पूर्ण मानवजातिकाे सुस्वास्थ्य तथा दीर्घायुकाे कामना गर्दै काेराेना भाईरसकाे महामारीबाट बच्न शक्तिप्रदान हाेस् भन्दै भगवती माताकाे पुजाआजा गरेका हुन् ।

बिगतमा पनि उक्त समुदायले विभिन्न बिपत्ति र तथा संकटका बेला यस प्रकारकाे छ्यमा पुजा गर्दै आएको पुजामा सहभागि एक स्थानिय फुलकुमारी ताजपुरियाले बताईन् ।

उनीहरूले पान, सुपारी, केरा, फलफुल आदि पुजा सामाग्री लिएर एक स्थानमा जम्मा भई पुजा आराधना गरेका थिए । यस्तो पुजा आराधना गर्नाले विभिन्न समयमा आउने बिपत्त तथा संकटहरुबाट निवरण हुने जनविश्वास छ ।

FB_IMG_1589040195435

उनीहरुले आजै आफ्ना देवता ग्राम महाराजालाई पनि दियो बत्तीसहित पुजा आराधना गरेका थिए । विभिन्न चाडपर्बमा आफ्नै परम्परा र रितिरिवाज अनुसार देबी देवताहरुको पुजा आराधना गर्दै आएकोले यसपटको कोरोना बिपत्तिका कारण ग्राम देवताहरुको पुजा अर्चना गर्न नपाएकोमा उनीहरुले भगवती माताको पुजा आराधना गरेका हुन् ।

उक्त पुजामा स्थानिय सिताराम ताजपुरिया चोकका ताजपुरिया समुदायका १२ घर परिवारका महिला, केटाकेटी तथा बालबालिकाहरुले भगवती माताको पुजा आराधना गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : ४२ बजे