९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

सञ्चारमैत्री बिर्तामोड नगरपालिकाः सञ्चारमाध्यमलाई अग्रीम भुक्तानी


२३ बैशाख २०७७, मंगलबार  

0
Shares

20200505_230203

बिर्तामोड, २३ वैशाख । झापामा पहिलो पटक समानुपातिक रुपमा स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन प्रकाशनवापत अनुदान दिन थालेको बिर्तामोड नगरपालिकाले अन्तिम किस्ता वापतको रकम अग्रीम भुक्तानी दिएको छ ।
कोरोना भाइरस (कोरोना–१९) का कारण बन्दाबन्दी भएको समयमा सञ्चारमाध्यमलाई केही भए पनि सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले अग्रीम भुक्तानी दिएको बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । नगरपालिकाले चार-चार महिनामा तीन किस्ता गरी भुक्तानी दिने सम्झौता गरे पनि अन्तिम किस्तावापतको रकम (साउनमा दिने तर वैशाखमै भुक्तानी) समय अगावै दिएको हो ।

बिर्तामोड नगरपालिका क्षेत्रमा अनलाइन, दैनिक पत्रिका, साप्ताहिक, एमफ र टेलिभिजन गरी २८ वटा सञ्चारमाध्यमलाई अनुदान दिँदै आएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए । उनले भने नगरपालिकाले चालू आर्थिक वर्षदेखि सञ्चार नीति नै बनाएर अनुदानको व्यवस्था गरेको हो ।

कोरोना भाइरसका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ। नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य समेत रहेका सिग्देलले भने यस्तो बेलामा सञ्चारगृह र सञ्चारकर्मीलाई पनि सहयोग र सद्भावको आवश्यकता छ, तीनै तहको सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।

“यस्तो बेलामा सञ्चारगृह र सञ्चारकर्मीलाई पनि सहयोग र सद्भावको आवश्यकता छ, तीनै तहको सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।”
बिर्तामोड नगरपालिकाले तीन किस्ता गरी वार्षिक रुपमा अनलाइनलाई रू ३६ हजार, दैनिक पत्रिकालाई रू ८५ हजार, साप्ताहिकलाई रू ६५ हजार, टेलिभिजनलाई रू एक लाख र एमफएम रेडियोलाई रू ८५ अनुदान दिँदै आएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ५ : १९ बजे