४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वडाहरूकाे ४२ लाख रूपैयाँ रकमान्तर, १७ वटा याेजनाकाे बजेट कटाैती


१९ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200501_193651

गाैरीगंज १९, बैशाख / गाैरीगंज गाउँपालिकाले चालू आर्थिक वर्षामा गरिने भाैतिक विकास निर्माणका करिब ४२ लाख रूपैयाँ बजेट रकमान्तर गरेकाे छ ।

गाउँपालिकाकाे बैशाख १२ गते बसेकाे बैठकले गाउँपालिकासंग सम्झाैता नभएका १७ वटा याेजनाकाे उत्त रकम विपत्त व्यवस्थापन काेषमा जम्मा हुने गरी रकमान्तर गरेकाे हाे ।

कोरोना भाईरसकाे प्रकाेपलाई नियन्त्रणका लागि आगामी वर्षसमेत स्रोत व्यवस्थापन गर्ने गरी वडाहरूकाे १७ वटा शीर्षकका बजेट कटौती गरिएको हो । गाउँपालिकाकाे वार्ड नं. १ काे ७ लाख ५० हजार, वार्ड नं. २ काे ६ लाख ५० हजार, वार्ड नं. ३ काे ७ लाख, वार्ड नं. ४ काे ७ लाख, वार्ड नं. ५ काे ७ लाख, वार्ड नं. ६ काे ७ लाख रूपैयाँ गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेषमा उत्त रकम रकमान्तर गरिएकाे प्रमुख प्रशासकिय अधिकृत प्रविन दाहालले जानकारी गराएका छन् ।

गाउँपालिकाकाे ६ वटै वडाका कटौती गरिएका शीर्षकमा नदी नियन्त्रण, बाटाे , कल्भर्ट , भवन , घेराबेरा निर्माण र खेलकुद विकासलगायत छन् ।

20200501_193720

गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेषमा रहेकाे ३३ लाख रूपैया र विभिन्न दाताहरूले दिएकाे रकम विपन्न परिवारहरूलाई खाद्यान्न राहत वितरणमा सकिएकाे हुदाँ वडाका विभिन्न शिर्षकका वजेट कटाैती गरि उत्त काेषमा रकमान्तर गरिएकाे गाउँलिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताए ।

गाउँपालिकाले लकडाउनका कारण प्रभावित भएका ३४ सय ३५ परिवारलाई पहिलाे चरणमा खाद्यान्न राहत वितरण गरेकाे छ । गाउँपालिकाले पहिलाे चरणमा छुटेका १६ सय ४४ विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिने निर्णय भएकाे प्रशासकिय अधिकृत दाहालले जानकारी गराए ।
गाउँपालिकाकाे वार्ड नं. १ मा ३ सय ५० परिवार, वार्ड नं. २ मा २ सय ९९ सय, वार्ड नं. ३ मा ३ सय १७, वार्ड नं. ४ मा १ सय ६१, वार्ड नं. ५ मा २ सय ९ र वार्ड नं. ६ मा ३ सय ८ जना थप विपन्न परिवारलाई राहत वितरण गाउँपालिकाले वितरण गर्ने निर्णय भएकाे छ ।

गाउँपालिकाले दाेस्राे चरणमा विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गर्ने निर्णय भएकाे जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिका भरी २ हजार विपन्न परिवारलाई राहत वितरण गर्ने निर्णय भएकाे जनाएका छन् ।
काेराेना भाईरसका कारण जारी गरिएकाे लकडाउन लम्बिए उत्पन्न हुने समस्यालाई मध्यनजर गर्दै दाेस्राे चरणमा विपन्न परिवारलाई राहत वितरण गर्न बेलैमा गाउँपालिकाले निर्णय गरेकाे र साेका लागि चामल, दाल, तेल र नुन खरिद गर्न टेण्डर प्रक्रिया अघि बढाईसकेकाे अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : ५७ बजे