५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजकाेे क्वारेन्टाइनमा रहेका १८३ जनाको पीसिआर परीक्षणपछिको रिपोर्ट नेगेटिभ


१६ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200501_193651

गाैरीगंज १६, जेठ / झापाको गौरीगन्ज गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको कुल १८३ जनामा कोरोना भाइरस भए नभएको परिक्षण गरिएको छ । कोरोना संक्रमण सगै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा हाल सम्म राखिएका १८३ जनाको पीसिआर परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य सम्योजक रामचन्द्र मिश्रले जानकारी दिनु भयो ।

उहाँका अनुसार पछिल्लो समय गत ११ गते परिक्षणको लागि नमुना संकलन गरि धरान पठाइएका सबै ३० जनाको रिपोर्ट आएको छ । हिजो स्वाब संकलन गरि पठाइएका ३३ जनाको रिपोर्ट आउन बाकि रहेको पनि उहाले जनाउनु भयो ।

हाल गाउँपालिकाद्वारा निर्मित २ वटा क्वारेन्टाइनमा कुल १११ जनालाई राखिएको छ भने भैरहवाको बाटो हुँदै ३५ जना गौरीगन्ज ठेगाना भएका थप मानिसहरु आजै मध्य राती सम्ममा आईपुग्ने जानकारी गाउँ पालिकामा आएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ३ : ३७ बजे