१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शरिरकाे राेग प्रतिरक्षा क्षमता वृद्धि गर्ने औषधि ‘आर्सेनिक एल्बा’ काेराेनाकाे संक्रमणलाई कमजाेर बनाउन सकिने


१२ जेष्ठ २०७७, सोमबार  

0
Shares

20200525_174829
गाैरीगंज १२, जेठ / अखिल नेपाल हाेमियाेप्याथी एशाेसिएसन केन्द्रीय समितिले आज एक कार्यक्रमका बीच गाैरीगंजमा शरिरकाे राेग प्रतिरक्षा क्षमतालाई वृद्वि गर्ने औषधि ‘आर्सेनिक एल्बा’ हस्तान्तरण गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे प्रांगणमा संविधानसभा सदस्य दिपक कार्कीकाे उपस्थितिमा समितिले गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई उत्त अाैषधि हस्तान्तरण गडरेकाे हाे ।

भारतीय सिमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकामा काेराेना भाईरसकाे संक्रमणबाट बच्न र बचाउन फ्रन्ट लाईनमा रही कार्य गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी, क्वारेन्टाइनमा रहेका व्यक्तिका लागि उत्त अाैषधि हस्तान्तरण गरिएकाे थियाे ।
काेभिड १९ काे राेगथामका लागि हालसम्म कुनै औषधि ननिस्केकाे अवस्थामा याे अाैषधिले शरिरकाे राेग प्रतिरक्षा क्षमतालाई वृद्वि गरि व्यक्तिमा काेराेना भाईरसकाे संक्रमणबाट बच्न सक्ने डा. केपी सुवेदीले बताएका थिए ।
अखिल नेपाल एशाेसिएसनका केन्द्रिय अध्यक्ष डा. सुवेदीले याे काेराेना भाईरसलाई निर्मुल गर्ने औषधि नभई सिम्टमकाे अाधारमा उपचार गर्ने आर्सेनिक एल्बा शरिरमा राेग प्रतिरक्षा शक्तिलाई वृद्वि गरि काेराेना भाईरसकाे संक्रमणबाट बच्न सकिने उनकाे भनाई थियाे ।

20200525_174945
हाेमाेप्याथिक चिकित्सा विधाले अार्सेनिक एल्बा औषधि काेराेना भाईरसकाे संक्रमणबाट बच्न प्रभावकारी भुमिकाका खेल्न सक्ने ठहर गरिसकेकाे हुँदा छिमेकी राष्ट्र भारतलगायत विश्वका विभिन्न मुलुकले आर्सेनिक एल्बालाई आैषधिकाे रूपमा प्रयाेगमा ल्याएकाे बताउदै डा. सुवेदीले नेपालमा पनि यसकाे प्रयाेगमा ल्याईएकाे बताए । याे औषधि सेवन गर्दा साइड इफेक्ट नहुने र दूध चुस्ने बच्चाबाहेकका व्यक्तिले सेवन गर्न सकिने डा. सुवेदीले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिधि रहेका संविधानसभा सदस्य दिपक कार्कीले हाेमाेप्याथिक चिकित्सा विज्ञानले ‘आर्सेनिक एल्बा’ अाैषधिलाई काेराेना भाईरसकाे संक्रमणबाट बच्ने अा‌षधि नभई शरिरकाे प्रतिरक्षा क्षमतालाई बढाउने बताए ।
काेराेना भाईरसकाे संक्रमणबाट विश्वमा जति पनि व्यक्तिकाे मृत्यु भएकाे छ उनीहरूकाे शरिरकाे राेग प्रतिरक्षा शक्ति कमजाेर भएरै मृत्यु भएकाे समाचार अाईरहेकाेले याे औषधिले वरदान सावित हुने उनकाे भनाई थियाे ।

20200525_175328

सिमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकामा काेराेना
भाईरसकाे राेकथाम र नियन्त्रणका लागि फ्रन्ट लाईनमा रहि कार्य गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी धन्यवाद दिदै पुर्व सांसद कार्कीले याे अाैषधिले शरिरकाे राेग प्रतिरक्षा क्षमतालाई वृद्वि गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डा. नवीन चापागाईंले हाेमाेप्याथिक विज्ञानले काेराेना भाईरसकाे संक्रमणलाई कमजाेर बनाउन आर्सेनिक अल्बाले महत्वपुर्ण भुमिका खेल्ने ठहर गरिसकेकाे हुँदा यसकाे प्रयाेग नेपालमा पनि ल्याईएकाे बताए । नेपालकाे विभिन्न स्थानमा याे औषधि निशुल्कमा वितरण गर्दै आएकाे बताउदै डा. चापागाईंले अखिल नेपाल हाेमाेप्याथिक एशाेशिएसन केन्द्रीय समितले पहिलाे चरणमा फ्रन्ट लाईनमा कार्य गर्ने व्यक्तिलाई वितरण गरेकाे बताए ।

कार्यक्रममा पुर्व सांसद दिपक कार्की, डा. केपी सुवेदी, डा. नवीन चापागाईं, डा. घनश्याम सुवेदी, डा. लेखनाथ न्याैपाने, डा. विष्णु प्रसाद मिश्र, डा. अनामिका मिश्र, गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, समाजसेवी ह्दय ठाकुर, सिताराम अधिकारी, अमरदास सिवाकाेटी, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरिक्षक गणेश भट्टराई, सशस्त्र प्रहरी निरिक्षक साइमन श्रेष्ठलगायतकाे उपस्थिति थियाे ।
20200525_175458

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १२ : १४ बजे