६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अस्पतालकाेे क्वारेन्टाइन भरिएपछि सिमाबाट उद्वार गरिएकालाई गाैरीगंजकाे बहुमुखी क्याम्पसमा राख्न शुरू


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200522_205317

गौरीगञ्ज ९, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नव निर्मित भवनकाे क्वारेन्टाइन भरिएपछि सिमा क्षेत्रमा आईपुगेका नेपालीहरूलाई गाैरीगंज बहुमुखि क्याम्पसकाे क्वारेन्टाइनमा राख्न शुरू गरेकाे छ ।

राेजगारीकाे खाेजीमा भारत तर्फ गएका नेपाली नागरिकहरु आफ्नो घर फर्कन गाैरीगंजकाे नाकाहरूमा आईपुगेका ४२ जना नेपालीहरूलाई उद्वार गरि गाउँपालिकाले गाैरीगंज ६ काे प्राथमिक स्वास्थ्य केन्द्रमा थाम्न नसक्ने अवस्था भएपछि आजदेखि क्याम्पस भवनमा राख्न शुरू गरिएकाे हाे ।
गाैरीगंज बहुमुखी क्याम्पसकाे क्वारेन्टाइनमा आज साझ ८ बजेसम्म थप १८ जनालाई राखिएकाे गाैरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए ।
झापाकाे दक्षिणी क्षेत्रकाे गौरीगंज गाउँपालिकासंगै गाैरादह नगरपालिका भित्र स्थापना गरिएकाे क्वारेन्टाइनमा एकाएक ठुलाे संख्यामा थप भएकाे छ।

भारतसंग सिमाना जाेडिएकाे गौरीगंज गाउँपालिकाले नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रकाे भवन र गौरीगंज बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरेकाे छ। बिहिवार साँझसम्ममा क्वारेन्टाइनमा ३४ पुरुष र २६ महिला सहित ६० जना पुगेका छन्। उनीहरू सबैलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनकाे क्वारेन्टाइनमा राखिएकाे छ ।

भारतकाे महाराष्ट्र,देरादुन,कलकत्तालगयत उत्तराखण्डमा राेजगारीका लागि गएका नेपालीहरु घर फर्कदा उनीहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेकाे हाे।

उनीहरु गौरीगंज गाउँपालिकाकाे फत्तेेपुर,बैरिया,कुञ्जिवारी का साथै काँकडभिट्टा नाकामा अलपत्र परेका थिए। गौरीगंज गाउँपालिका भित्र बसाेबास गर्ने  नागरिकहरुलाई गाउँपालिकाले नाकाबाट उद्वार गरेर क्वारेन्टाइनमा राखेकाे हाे।

एकै चाेटी ठुलाे संख्यामा भारतीय भुमिबाट नेपाल प्रवेश गर्दा गौरीगंज गाउँपालिकाले पहिलाे पटक स्थापना गरेके स्वास्थ्य चौकी भवनकाे क्वारेन्टाइन खचाखच भरिएको र अब थपलाई गौरीगंज बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएकाे गाउँपालिकाका स्वास्थ्य संयाेजक रामचन्द्र मिश्रले जानकारी गराए।

गौरीगंज गाउँपालिकाले स्थापना गरेकाे स्वास्थ्य चौकी भवनकाे क्वारेन्टाइनले थाम्न नसक्ने अवस्था भएपछि बहुमुखी क्याम्पसमा अर्काे क्वारेन्टाइन स्थापना गरिएको मिश्रले बताए।

त्यसैगरी गौरादह नगरपालिकाले वडा नं -७ काे नवनिर्मित स्वास्थ्य चौकी भवनमा स्थापना गरेकाे क्वारेन्टाइनमा १३ जना रहेकाे गौरादह नगर स्वास्थ्य सह संयाेजक गाेबिन्द श्रेष्ठले जानकारी गराए।भारतकाे सिक्किम र मद्रासमा राेजगारीका लागि गएका नेपाली नागरिकहरु नेपाल फर्कदा उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाे हाे। नगरपालिकाले २० बेड क्षमताकाे  स्थापना गरेकाे क्वारेन्टाइनमा शुक्रबार ६ जना थप हुने नगर स्वास्थ्य संयाेजक पर्शुराम भट्टराईले जानकारी गराए। गौरीगंज गाउँपालिकाकाे काेराेवारी नाकामा ४ जना र काँकडभिट्टा नाकामा रहेका २ जनालाई आज (शुक्रबार) उद्वार गरेर क्वारेन्टाइनमा राखिने स्वास्थ्य संयाेजक भट्टराईले बताए।पछिल्लो समय भारत गएका नेपाली नागरिकहरु नेपाल फर्कदा बुधबार मेचि नगरबाट उद्वार गरि ल्याएका ११ थप हुदा संख्या बढेर १३ जना पुगेकाे थियाे।शुक्रबार ६ जना थप हुने भएपछि १९ जना क्वारेन्टाइनमा हुने छन। काराेना भाइरसकाे संक्रमण फैलिरहेकाे समयमा भाइरसकाे जाेखिमबाट वचन  भारतीय भुमिबाट नेपाल प्रवेश गरेका नेपाली नागरिकहरुलाई पालिकाहरुले सिमा क्षेत्रबाट उद्वार गरि क्वारेन्टाइनमा राखेका हुन्।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ३ : २० बजे