६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापामा ५ जना थपिए, संक्रमितकाे संख्या १७ पुग्याे


७ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200520_215251

झापा ७, जेठ / प्रदेश १ मा ६६ जनालाई कोभिड-१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड-१९ पुष्टि भएको हो । थपिएकामध्ये ५ जना झापाका हुन् ।

झापाका थपिएका ५ जना कचनकबल गाउँपालिकाका हुन् । भारतको मुम्बईबाट आएका उनीहरुको मंगलवार पीसीआर टेस्टका लागि स्वाव पठाइएको थियो ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १जनालाई कोभिड-१९ पुष्टि भएको हो ।

२६ जना कोभिड-१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा कोरोना टेस्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ ।

आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

प्रदेश १ का उदयपुरमा ३३, झापा १७, धनकुटा ७, मोरङ ३, सुनसरी ४, भोजपुर १, र खोटाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ४ : १४ बजे