५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज क्वारेन्टाइनमा एकैदिन भारतबाट आएका ९ जना थपिए


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200409_211800

गाैरीगंज ६, जेठ / गाैरीगञ्ज गाउँपालिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा एकै दिन भारतबाट आएका ९ जना थपिएका छन् ।

उनीहरू सबैलाई गाैरीगंज गाउँपालिका वार्ड नं
५ फत्तेपुर नाकाबाट प्रवेश गराईएकाे हाे ।
स्थानिय सरकार गाैरीगंजले सिमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई घर फर्काउन निर्णय गरेसंगै उनीहरूलाई क्वारेन्टाइनमा ल्याईएकाे हाे । उनीहरू १३ बर्षदेखि ४५ वर्षसम्मका छन् । विहार राज्यकाे कल्यागंज क्षेत्र आसपास गाउँमा रहेका आफन्तकाे घर उनीहरू लकडाउन अघि र लकडाउन अवधिमा पुगेका थिए ।
हाल गाैरीगंज क्वारेन्टाइनमा ८ पुरुष र ९ महिला सहित १७ जना रहेकाे स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन्

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ४ : २६ बजे