५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

परिवार संख्याका आधारमा गाैरादह नगरपालिकाले दाेस्राे चरणको राहत बितरण गर्ने


१४ बैशाख २०७७, आइतबार  

0
Shares

20200426_225319
गौरादह १४, बैशाख /गौरादह नगरपालिकाले दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जन मजदुरका घर परिवारलाई दाेस्राे चरणकाे राहत बाड्ने तयारी गरेकाे छ।

नगरपालिकाले पहिलाे चरणकाे राहत बितरणमा केही मापदण्ड परिमार्जन गरि दाेस्राे चरणकाे राहत बितरण गर्ने नगर कार्यपालिकाकाे बैठकले निर्णय गरेकाे छ।

गौरादह नगरपालिका भित्र रहेका ६ हजार ६ सय ४० घर परिवारले दाेस्राे चरणमा राहत पाउने भएका छन्।पहिलाे चरणकाे राहात बितरण गर्दा छुट भएका घरपरिवारलाई यस पटक समावेश गरिएकाे गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले जानकारी गराए।

पहिलाे चरणकाे राहात बितरणमा प्रति घरपरिवार १० केजी चामल १ केजी दाल १ केजी नुन र १ लिटर खानेतेल बितरण गरिएको थियाे। दाेस्राे चरणकाे राहत बितरणमा दाल,नुन र तेललाई यथावत रुपमा बितरण गर्ने गरि चामल बितरणमा भने घरमा रहेका परिवार संख्यालाई आधार मानि बितरण गरिने भएकाे छ।

चामल बितरणमा परिवार संख्या २ जना भएका घरपरिवारलाई १० केजी, ३ देखि ५ जना परिवार भएकालाई २० केजी, ६ देखि बढी भएका परिवारलाई ३० केजीका दरले बितरण गरिने मेयर शाहले बताए। वडा भित्र रहेका टाेल बिकास समितिहरुले सिफारिस गरेका गरिब तथा बिपन्न घरपरिवारकाे संख्याका आधारमा नगरपालिकाले बुधबार बिहान ८ बजेबाट खाद्यान्न सामग्री वडा कार्यलयहरुलाई बितरण गरिने नगर प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी गराए।

वडा भित्रका टाेल बिकास समितिले सिफारिस गरेका जनमजदुर परिवारहरुकाे वडा कार्यालयले गरेकाे संकलन अनुसार वड नं -१ मा ९ सय ८ वडा नं -२ मा ४ सय ५१ वडा नं -३ मा ४ सय ८१ वडा नं -४ मा ६ सय ७२ वडा नं-५ मा ७ सय ८० वडा नं -६ मा ९ सय ८६ वडा नं -७ मा ९ सय ८ वडा नं -८ मा ८ सय ३५ र वडा नं -९ मा ६ सय १९ घर परिवार रहेकाे नगरपालिकाले जनाएको छ। बिपद परिस्थितिकाे सहज रुपमा समाधान गर्न नगरपालिकाकाे आयाेजनामा संचालन गरिएको सर्वदलीय छलफलले दिएका सुझाबहरुलाई नगर कार्यपालिकाकाे बैठकले अनुमाेदन गरेकाे छ।शनिवार नगरपालिकाकाे सभाहलमा संचालन भएकाे सर्वदलीय बैठकले काेराेना भाइरस संक्रमणबाट जाेगिन दमक तथा गौरीगंज क्षेत्रबाट आयात हुने तरकारी तथा फलफुलमा राेक लगाउने, स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफुललाई सामाजिक दुरी कायम गरि बिक्रीवितरण गर्न ब्यबस्था मिलाउने,नगर भित्र बसाेबास गर्ने धार्मिक सम्मेलनमा गएका मुस्लिम समुदायहरुकाे आर. डि. टि. तथा पि.सि.आर परिक्षण गराउने, गौरादह नगरपालिका भित्र घर भएका र अन्य ठाउँमा रहेका नागरिकहरुलाई ल्याउन बैशाख १५ गते पछाडि निर्णय गर्ने र यस अघि आएकाहरुकाे लगत संकालन गरी हाेम क्वारेन्टाइनमा निगरानीका साथ राख्ने, नगर भित्र रहेका बिपन्न परिवारलाई राहात बितरण गर्न १० टन चामल,३ हजार केजि नुन र ३ हजार लिटर तेल थप खरिद गर्ने निर्णय गरेकाे छ।हाल सम्म नगर स्वास्थ्य शाखाले गरेकाे कामकाे बिबरणकाे जानकारी गराउदै नगर भित्र रहेका दिर्घ राेगीहरुका लागि आवश्यक पर्ने औषधि खरिद गर्ने निर्णय गरेकाे छ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ०९ बजे