४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज सामुदायिक विद्यालयका शिक्षकहरूद्वारा १ लाख ६३ हजार रूपैयाँ भन्दा बढी सहयाेग


९ बैशाख २०७७, मंगलबार  

0
Shares

20200421_142449
गाैरीगंज ९, बैशाख / गाैरीगंज गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले राहात कोषमा एकमुष्ष्ठ नगद हस्तान्तरण गरेका छन्   । शिक्षक महासंघका घटक संघ–संगठनको प्रतिनिधिमुलक  उपस्थितिमा गाउँपालिकाकाे सो प्रकोप व्यवस्थापन कोषमा नगद १ लाख ६३ हजार ९४२ रुपयाँ गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई हस्तान्तरण गरेका थिए । काेराेना भाईरसकाे संक्रमणबाट बच्न सरकारले लगाएकाे लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई खाद्यान्न राहतका लागि शिक्षकहरूले राहत रकम हस्तान्तरण गरेका थिए ।

गाउँपालिका भित्रका २६ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको एक दिन बराबरको पारिश्रमिकबाट जम्मा हुन आएको रकम सो राहत कोषमा जम्मा गरिएको शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादवले जानकारी गराए। शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादव, नेपाल शिक्षक संघ गाैरीगंजका अध्यक्ष गाेपाल प्रसाद ताजपुरिया, एकीकृत अखिल नेपाल शिक्षक संगठन गाैरीगंजका अध्यक्ष प्रकाशचन्द्र राजवंशी, नेपाल शिक्षक संगठनका गाैरीगंज उपाध्यक्ष बरूण राजवंशीलगायकाे अग्रसरता राहत संकलन भएकाे थियाे ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ८ : ४८ बजे