८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा सशस्त्र प्रहरी फेरि थपिए, सीमामा कडा सुरक्षा


५ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200417_155321

गाैरीगंज ५ बैशाख / कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न भारतसग सीमा जोडिएको झापाको दक्षिणवर्त्ती क्षेत्रमा सस्त्र प्रहरीको थप जनशक्ति परिचालन गरिएको छ । गौरीगन्ज १ कुन्जीबारीस्थित भारतको बिहार राज्य अन्तर्गत किसनगन्ज सग जोडिएको क्षेत्रमा हिजो साझ्देखी थप जनशक्ति परिचालन गरि सीमानामा निगरानी बढाइएको कुन्जिबारीस्थित ससस्त्र प्रहरी बोर्डर आउट पोस्टका इन्चार्ज ससस्त्र प्रहरी निरीक्षक अगम राईले जानकारी दिनु भयो । उहाले यश अघि रहेको त्यहाको २१ जनसक्तीमा थप गरि हिजो साझदेखी ७० जना पुर्याइएको बताउनु भयो । पुर्वमा कन्काइ नदी देखि पस्चीममा किस्नी खोला सम्म भारतसँग सीमा छुने करिब २१ किलोमिटर खण्डमा थप २० जनशक्ति आवश्यक पर्ने जानकारी आफुले उपल्लो तहमा गराएको पनि उहाले जनाउनु भयो । उहाँका अनुसार २०/२१ किलोमिटर खण्डमा लगभग १/१ किलोमिटरको दुरीमा अस्थाई बसोबासको ब्यवस्था मिलाएर कतै सहायक निरीक्षक त कतै नायब निरीक्षकको नेतृत्वमा ५/६ जनाको दरले जनशक्ति परिचालन हुने बिभागिय तयारी रहेको छ । एकाएक सीमा क्षेत्रमा ससस्त्रको जनशक्ति थप भएसगै बर्षाको मौसम समेत सुरु भएकाले ब्यवस्थापनका दृष्टिकोणले भने ससस्त्र प्रहरीले निक्कै सकश ब्यहोर्नु परिरहेको उहाँले जानकारी दिनु भयो । अस्थाई बसाईका लागि पनि खाने बस्ने न्युनतम ब्यवस्थापन गर्न पनि हम्मे हम्मे परिरहेको ससस्त्र प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : ११ बजे