८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

तरकारी बेच्न कृषकहरू गाउँ -गाउँ साईकलमा डुल्दै


४ बैशाख २०७७, बिहिबार  

0
Shares

20200416_162321

आत्माराम राजवंशी

गाैरीगंज ४ , बैशाख /

नेपाल सरकारले लगाएकाे लकडाउनका कारण बजार बन्द हुँदा तरकारी खेती गर्ने किसानहरू मारमा परेका छन् ।
आफुले उब्जाएकाे तरकारी बजारमा बेच्न नपाउँदा गाउँ गाउँ साईकलमा डुलेर उनीहरू तरकारी बेच्न बाध्य भएका छन् ।

काेराेना भाइरस संक्रमणकाे त्रास फैलिरहेकाे समयमा भिडभाड नगर्न र हिड्डुल नगर्न सरकारले सुचना प्रवाह गरेपछि बजारहरु बन्द गरिएका हुन् ।
बजार बन्द गरिएपछि सागसब्जी किनेर खानेहरुलाई समस्या भएकाे छ भने ब्याबसायिक तरकारी खेती गर्ने किसानले सागसब्जी बजारमा बेच्न नपाउँदा उनीहरूकाे सब्जी बारीमै कुहिने भएकाे छ।

२ कठ्ठा बारीमा बन्दाकाेभी लगाएका गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का गाेपालप्रसाद राजवंशीले बजार बन्द हुदाँ काेभी सबै बारीमै सड्ने अवस्थामा रहेकाे बताए । उनले भने – ‘बजार बन्द छ । अलिअलि छिमेकीहरू आउँछन् किन्न तर सबै खपत हुने छाँटकाँट छैन ।’
बारीमा भएकाे बन्दाकाेभी बाख्रा र खसीलाई खाेले पकाएर खुवाईरहेकाे उनले बताए ।
राम्रा – राम्रा भन्दाकाेभी भने बेच्न उनी साईकलमा राखेर गाउँ गाउँ घुम्छन् । उनी भन्छन् – घरबाट विहानै निस्कन्छु । गाैरीगंज र गाैरादहकाे टाेलटाेलमा गएर बन्दाकाेभी बेच्ने गरेकाे राजवंशीले सुनाए ।

ब्यवसायिक तरकारी खेती गर्ने किसानहरुले उब्जाएको तरकारी ब्यापारीहरुले पनि खरिद गरि सिटिसफारी र साइकलमा बाेकेर गाउँ-गाउँमा घुम्ती ब्यापार गरिरहेका छन् । तरकारी फलाएका किसानहरुसँग सवारीसाधन नहुँदा ब्यापारीहरुलाई सस्तो मुल्यमा बेच्न बाध्य भएका छन् भने कतिपय किसानहरू साईकलमा गाउँ गाउँ घुम्न बाध्य छन् ।

ब्यवसायिक तरकारी खेती गर्ने किसानहरुले अहिले बारीमा बन्दाकोभी,करेला,लौका,फर्सी,भिन्डी, खुर्सानी, टमाटर लगायतका तरकारी फलाएका छन्।

तरकारीको राजा मानिने आलु देखि लिएर अन्य सबै प्रकारका सब्जीकाे मूल्य आकाशिएकाे छ ।भिन्डी,खुर्सानी,करेलालगायतका तरकारीको मूल्य ग्राहकले साेद्धा ब्यापारीले पावाकाे दाम बताउँछन्।

केजीकाे मूल्य बढि हुने भएकाले ग्राहकले किन्दैन भनेर पावाकाे मूल्य बताउने गरेका हुन्।
तरकारीहरु मूल्य बढी भएकाले थाेरै पैसा बाेकेर तरकारी किन्न जाने ब्यक्ति त मूल्य सुन्दै आतिन्छन्।बजार बन्द भएका कारण तरकारी किन्न ग्राहकहरु बजारमा नआउने र बिक्री पनि नहुने भएकाले आफ्नो घर वा चौक अगाडी ढाकीमा राखेर बिहान बेलुका बिक्री गरिरहेका छन भने कतिपयले साईकलमा तरकारी बाेकेर गाउँ गाउँ ढुल्छन् ।

गाौरीगंज गाउँपालिका वार्ड नं. ५ का मनाेज सिंहले ३ कठ्ठा बारीमा टमाटर उब्जाएका छन् । उनकाे टमाटर बिक्री गर्ने समय भएकाे छ। लकडाउनका कारण बजार बन्द हुँदा टमाटर बिक्री गर्न पाएका छैनन्। आफुले उब्जाएकाे टमाटर साईकलमा टाेल टाेलमा गई बेच्ने गरेकाे कृषक सिंहले बताए ।

ब्यबसायिक दृष्टिकोणले टमाटर उब्जाएका सिंहले अहिले बिक्री गर्न नपाउँदा मारमा परेका छन् ।
‘कति त टमाटर विक्री नहुँदा फालियाे – उनले थपे फाल्नु भन्दा त गाउँ गाउँ डुलेर टमाटर बच्दैछु । ‘

ब्यापारीहरु आएर सस्तो मुल्यमा खरिद गर्न खाेजेकाे उनले बताए। साेहि वडाका राम ताजपुरियाले पनि लौका र करेला फलाएका छन्। उनी पनि लकडाउनकाे चपेटामा परेका छन्। बजार बन्दका कारण लौका र करेला बिक्री गर्न समस्या भएकाे उनी बताउँछन् । लकडाउन भएपछि अन्य व्यापार ब्यबसाय ठप्प भएपछि तरकारीको घुम्ती व्यापार गर्दै सिटिसफारी लिएर हिडेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  १० : ५५ बजे