१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पीसीआर र आरटिडी परिक्षण गर्दा गाैरीगंजका २८ जनाकाे नेगेटिभ रिपोर्ट


४ बैशाख २०७७, बिहिबार  

0
Shares

20200416_153400

गाैरीगंज ४, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएका १३ जनाकाे स्वास्थ्य परिक्षण पछि आज विहिवार घर पठाईएकाे छ ।

उनीहरूमध्ये पठाईएकाे १० जनाकाे स्बावकाे नमूना विराटनगर स्थित काेशी अञ्चल अस्पतालबाट पीसीअार परिक्षणबाट नेगेटिभ रिपाेर्ट अाएपछि उनीहरूलाई घर पठाईएकाे हाे । साथै थप ३ जनाकाे पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गर्दा नेगेटिभ रिपोर्ट अाएपछि उनीहरूलाई पनि घर पठाईएकाे छ ।

उनीहरू सबैलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा स्थापना गरिएकाे क्वारेन्टाईनमा १४ दिनदेखि राखिएकाे थियाे । गाैरीगंज घर भएका उनीहरू सबै जना भारतीय क्षेत्रबाट आएका थिए । काेराेना भाईरसकाे संक्रमण फैलिन सक्ने भन्दै उनीहरूलाई क्वारेन्टाइनमा राखिएकाे थियाे ।
त्यसैगरी छिमेकी राष्ट्र भारत र तेस्राे मुलुकबाट अाएका गाैरीगंज गाउँपालिका वार्ड नं. १ का ६ जना र वार्ड नं. २ का ९ जनालाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गर्दा नेगेटिभ रिपोर्ट अाएकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका छन् । उनीहरू सबैलाई हाेम क्वारेन्टाइनमा राखिएकाे थियाे ।

अब गाैरीगंज क्वारेन्टाइनमा १० जना छन् । उनीहरूकाे पनि स्बाव नमुना परिक्षण पश्चात् घर पठाईने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
काेराेना भाईरसकाे संक्रमणकाे महामारीलाई राेकथाम गर्न गाैरीगंज गाउँपालिकामा ५० बेडकाे क्वारेन्टाइन स्थापना गरिएकाे छ । पहिलाे चरणमा गाैरीगंज क्वारेन्टाइनमा ४० थान र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) कीट ल्याईएकाे स्वास्थ्य प्रमुख मिश्रले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ९ : ५४ बजे