१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सहारा नेपालले गाैरीगंज गाउँपालिकालाई ६१ हजार रूपैयाँ बराबरकाे चेक हस्तान्तरण


३ बैशाख २०७७, बुधबार  

0
Shares

FB_IMG_1586939290853

गौरीगंज ३, वैशाख /काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकाेस)ले गाैरीगंज गाउँपालिकालाई आर्थिक सहयाेग गरेकाे छ।

गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापालाई आज बुधवार सहारा नेपाल (साकाेस)का वरिष्ठ उपाध्यक्ष हरि प्रसाद निराैला, उपाध्यक्ष उपेन्द्र प्रसाद ओली, काेषाध्यक्ष डम्बर बहादुर देउजा, सहायक निर्देशक लक्ष्मण खतिवडा र गाैरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारिकाे उपस्थितिमा ६१ हजार रूपैयाँ बराबरकाे चेक हस्तान्तरण गरिएकाे थियाे ।

गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न एकद्वार प्रणाली नीति अपनाएकाे हुँदा सहारा नेपालले गाउँपालिकालाई ६१ हजार रूपैयाँ बराबरकाे चेक हस्तान्तरण गरेकाे हाे।

त्यसैगरी गाैरादह नगरपालिकाका प्रमुख राेहित कुमार साहलाई सहारा नेपाल केन्द्रीय कार्यालयका सुपरिवेक्षक खड्ग बहादुर पाैडेल, सहारा नेपाल गाैरादह सेवा केन्द्रकी प्रमुख दिलकुमारी राउत, सहारा नेपाल गाैरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारीलगायले १ लाख ११ हजार रूपैयाँ बराबरकाे चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी संस्थाले माेरङ्गकाे सुनवर्षी नगरपालिकाका प्रमुख काली प्रसाद दासलाई १२ सय केजी चामल हस्तान्तरण गरेकाे छ । सहारा नेपाल विराटनगर इलाका सेवा केन्द्रका प्रमुख यादव कुमार वस्नेत, रंगेली सेवा केन्द्रका प्रमुख अजित कुमार साह र अमरदह सेवा केन्द्रका प्रमुख अर्जुन पाेख्रेललगायतले संयुक्तरूपमा उत्त खाद्यान्न राहत हस्तान्तरण गरेका थिए ।
गरिब तथा बिपन्न परिवारका सदस्यहरुले काम गर्न नपाएपछि दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउनेहरुलाई गाँसकाे समस्या भएकाे हुँदा संस्थाले राहत खाद्यान्न हस्तान्तरण गरेकाे सहारा नेपाल गाैरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारीले जानकारी गराए ।

त्यसैगरी गरिब तथा बिपन्न परिवारकाे लागि माेरङ्गकाे रतुवामाई नगरपालिकालाई संस्थाले खाद्यान्न राहत हस्तान्तरण गरेकाे छ । नगरपालिकाका प्रमुख रविन राईलाई सहारा नेपाल सिजुवा केन्द्रका प्रमुख लाेकनाथ भट्टराई, भाैडा सेवा केन्द्रका प्रमुख चन्दुलाल विश्वासले संयुक्तरूपमा ११ सय २५ केजी चामल हस्तान्तरण गरेका थिए ।
काेराेना भाइरसकाे जाेखिम फैलिरहेकाे समयमा सरकारले लकडाउन गरेपछि सबै नागरिकहरु घर भित्र बस्न बाध्य भएका छन्। दैनिक मजदुरी गरेर जिवनयापन गर्ने विपन्न परिवारका लागि सहारा नेपालले विभिन्न राहत कार्यक्रमहरू अघि सारेकाे छ । प्रदेश नं१ का स्थानिय निकायहरूका विपन्न परिवारलाई नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण गर्दै आएकाे सहारा नेपाल गाैरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारीले जानकारी गराए । सहारा नेपाल ( साकाेस) ले प्रदेश नं १ मा संस्थाकाे कार्यक्षेत्र भरीका बसाेबास गर्ने विपन्न परिवारका लागि विपन्न राहत व्यवस्थापन काेषमा ५० लाख रूपैयाँ छुट्याएको जनाईएकाे छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ४६ बजे