८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

हुलाकी राजमार्ग निर्माण गर्न ठेक्का लिएकाे माेदीदान कन्ट्रक्सनद्वारा ५० हजार गाउँपालिकालाई राहत स्वरूप हस्तान्तरण


२ बैशाख २०७७, मंगलबार  

0
Shares

20200414_170739

गौरीगंज २, चैत /काेराेना भाइरस संक्रमणका कारण आर्थिक अवस्था न्यून भएका गौरीगंजबासीहरुका लागि माेतिदान कन्ट्रक्सन सेवा प्रा.लि. काठमाडौंले आर्थिक सहयाेग गरेकाे छ।

माेतिदान कन्ट्रक्सन सेवा प्रा.लि.का प्रमुख दिपक गौतमले गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई संयुक्तरूपमा रकम हस्तान्तरण गरेका छन्।

गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न गाउँपालिकाले एक द्वार प्रणालीकाे नीति अपनाएका कारण प्रा.लि.ले गाउँपालिकामा एक मुष्ठ ५० हजार रुपैयाँ हस्तान्तरण गरेकाे हाे।

काेराेना भाइरसकाे जाेखिम फैलिरहेकाे समयमा सरकारले लकडाउन गरेपछि सबै नागरिकहरु घर भित्र बस्न बाध्य भएका छन्।

गरिब तथा बिपन्न परिवारका सदस्यहरुले काम गर्न नपाएपछि दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउनेहरुलाई गाँसकाे समस्या भएकाे छ।

गरिब तथा बिपन्न परिवारलाई गाउँपालिकाले पनि राहात स्वरुप खाद्यान्न बितरण गरिरहेकाे छ।महेन्द्र राजमार्गकाे बैकल्पिक सडककाे रुपमा रहेकाे दक्षिणी क्षेत्रकाे हुलाकी सडक निर्माणको जिम्मा पाएकाे माेतिदान कन्ट्रक्सन सेवा प्रा.लि.ले गौरीगंज क्षेत्रमा  बसाेवास गर्ने नागरिकहरुलाई सहयाेग गर्ने उदेश्यले नगद सहयाेग गरेकाे प्रा.लि.का प्रमुख बिकाश गौतमले जानकारी गराए।

तीब्रगतिमा सडक निर्माणको काम भइरहेको समयमा काेराेना भाइरस संक्रमणका कारण निर्माणकार्य राेकिएपनि ताेकिएकाे समय अवधिमा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे कम्पनीका प्राेजेक्ट मेनेजर दिपक श्रेष्ठले बताए। सडक निर्माण गर्न गौरीगंज आएपनि बिपतकाे समयमा गौरीगंज  बासिहरुलाई प्रा.लि.ले आर्थिक सहयोग गरेकाे मेनेजर श्रेष्ठले बताए ।प्रा.लि. ले गरेकाे आर्थिक सहयोग बुझ्दै गौरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले गाउँपालिका  बासिहरुकालागि नगद सहयाेग गरेकाेमा माेतिदान कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : २७ बजे