१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिरुवा नमनाउँन अपिल


३० चैत्र २०७६, आइतबार  

0
Shares

20200412_171157

बिर्तामोड ३० चैत /
कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण यस बर्ष सिरुवा पर्व विगत बर्षहरुमा जस्तोगरि नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै जोखिम मोलेर संस्कार संस्कृति नगर्न प्रतिष्ठानले सचेता गराएको छ । आइतबार एक अपिल सार्वजनिक गर्दै प्रतिष्ठानले सोमबारदेखि सुरु हुने राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका जातिको महान पर्व सिरुवा भीडभाड हुने गरी नमनाउन आग्रह गरेको हो ।
‘सिरुवा हाम्रो महान चाड भएपनि यस बर्ष हर्षोल्लासका साथ मनाउन मनाउने अवस्था छैन’ प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीले भनेका छन् । उनले सिरुवा मनाउन खोज्दा त्यसबाट आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग बन्न आग्रह गरेका छन् ।
सोमबार नयाँ बर्ष २०७७ प्रारम्भ भएसंगै राजवंशी, ताजपुरियालगायत जातिको सिरुवा पर्व सुरु हुन्छ । उनीहरुले बैशाख १ गते पानी सिरुवा, २ गते काद सिरुवा र ३ गते रंग सिरुवा सामूहिक रुपमा खेल्ने गर्दछन् । यस अवसरमा झापा, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा सिरुवा साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेका छन् । तर, यस बर्ष कोरोना संक्रमणका कारण सामूहिक रुपमा सिरुवा खेल्ने तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना नगर्न आग्रह गरेको उपाध्यक्ष इन्द्रसिंह राजवंशीले बताए । त्यस्तै कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरु यस बर्ष स्थागित गरिएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : १३ बजे