८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजकाे क्वारेन्टाइनमा १६ जना पुग्याे


२९ चैत्र २०७६, शनिबार  

0
Shares

20200409_211800
गाैरीगंज २९, चैत / गाैरीगंज गाउँपालिकामा आज शनिवार विहान थप ८ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्डनं. १ देवीगाढा बस्ने ती ८ जना मध्ये १ जना महिला छन् । उनीहरू सबैलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित नवनिर्मित प्राथमिक स्वास्थ केन्द्रमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे छ । उनीहरूसहित अब गाैरीगंजमा १६ जना पुगेकाे गाैरीगंज प्राथमिक स्वास्थ्य केन्द्रका कार्यकारी प्रमुख अनुप शर्माले बताए । उनीहरू भारतमा रहेका आफन्तसंग भेट गरि नेपाल फर्कदै क्रममा सीमा नजिक राती ११ बजे प्रहरीकाे सहयाेगमा क्वारेन्टाइनमा ल्याईएकाे थियाे । काेराेना भाईरसकाे संक्रमण हुन सक्ने आशंकामा उनहरूलाई निगरानीका लागि क्वारेन्टाइनमा राखिएकाे हाे ।

गाैरीगंजमा स्थापना गरिएकाे क्वारेन्टाइनमा अब ११ पुरूष र ५ महिला पुगेकाे छ । गाैरीगंजमा ९८ जनालाई हाेम क्वारेन्टाइनमा राखिएकाे छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १२ : ५७ बजे