८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजकाे क्वारेन्टाइनमा ४ जना महिलासहित ८ जना पुग्याे


२८ चैत्र २०७६, शुक्रबार  

0
Shares

20200409_211800
गाैरीगंज २८, चैत / गाैरीगंज गाउँपालिकामा आज शुक्रवार विहान थप ३ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्डनं. ४ कै अल्तावारी बस्ने ती ३ जना महिलाहरूलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित नवनिर्मित प्राथमिक स्वास्थ केन्द्रमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे हाे । उनीहरूसहित अब गाैरीगंजमा ८ जना पुगेकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले बताए । ती महिलाहरू नेपाल भारत बाेर्डर पार गरि भारतबाट घर फर्केका थिए । काेराेना भाईरसकाे संक्रमण हुन सक्ने आशंकामा उनलाई निगरानीका लागि क्वारेन्टाइनमा राखिएकाे हाे ।

गाैरीगंजमा स्थापना गरिएकाे क्वारेन्टाइनमा अब ४ पुरूष र ४ महिला पुगेकाे छ । गाैरीगंजमा ९८ जनालाई हाेम क्वारेन्टाइनमा राखिएकाे छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : ०५ बजे