८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

राहतमा विवाद, विपन्नलाई आहात


२६ चैत्र २०७६, बुधबार  

0
Shares

20200408_194310

गाैरीगंज २६, चैत /झापाकाे दक्षिणी क्षेत्र गौरीगंज गाउँपालिकामा स्थानीय सरकारबाट बितरण गरिएकाे राहतमा अनियमितता भएकाे भन्दै स्थानीयबासीहरुले आक्राेस ब्यक्त गरेका छन्।
गाउँपालिकाभित्र बसाेबास गर्ने गरिब तथा बिपन्न परिवारका नागरिकहरुकाे वडा कार्यालयले  सहि बिबरण नलिएकाे भन्दै स्थानीयबासीले असन्तुष्टि जनाएका हुन् ।
काेराेना भाइरसकाे संक्रमणबाट वच्न सबै नागरिकलाई घरैमा बस्न सुचना गरिएपछि दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जनमजदुरका लागि स्थानीय सरकारले खाद्यान्न बितरणकाे लागि नामावली संकलन गरेकाे थियाे। वडा कार्यालयले संकलन गरेकाे नामावलीमा हुँदा खाने भन्दा हुनेखानेकाे नाम समाबेश गरिएकाे, बिपन्न परिवारकाे नाम छुटाएकाे,जनप्रतिनिधि निकटका ब्यक्तिहरुकाे नाम समाबेश गरिएकाे, राहत बितरणमा राजनीतिक चलखेल भएकाे भन्दै स्थानीयले  जनप्रतिनिधि माथि हातपात गरेका छन् ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ मा राहत वितरण कार्य स्थगित गरिएकाे छ। स्थानियहरूले गरिब तथा विपन्न परिवारकाे नाम समाबेश नगरिएको भन्दै राहत वितरण कार्यमा खटिएका कर्मचारी र स्वयंसेवक माथि हातपात गरेपछि राहत वितरण कार्य स्थगित गर्नु परेकाे वडा नं -१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराए।
कर्मचारी र स्वंयमसेवकमाथि हातपात गरेकाे,सरकारी कागजात च्यातेकाे, कार्यालयकाे स्टाम्प नष्ट गरेकाे,कर्मचारी र स्वयंसेवक माथि अभद्र ब्यवहार गरेकाे भन्दै स्वंयसेवक विशाल श्रेष्ठले स्थानिय राजन काफ्लेमाथि उजुरी दिएका थिए। यस विषयमा टुंगो नलागुञ्जेल राहत वितरण कार्य स्थगित गरिएकाे वार्ड नं. १ का अध्यक्ष राजवंशीले बताए। वडा अध्यक्ष राजवंशीका अनुसार कार्यालयकाे सर्वदलिय समितिले दिएकाे नामावली अनुसार नै राहत वितरण गरेकाे र नामावलीमा पाउनु पर्ने व्यक्तिको नाम छुट भएमा पुन समावेश गर्न सकिने जानकारी गराएपनि राहत वितरण कार्यलाई अवराेध गरि अभद्र ब्यवहार गरेकाेमा दुःख ब्यक्त गरेका थिए । नामावलीमा चित्त नबुझे वडा कार्यालय सच्चाउन तयार रहेकाे बताउदै अध्यक्ष राजवंशीले विपन्न परिवारकाे खाद्यान्न वितरणमा सहयाेग गर्न सबैलाई अनुराेध गरे।

साेही विषयलाई लिएर आज गाउँपालिकाकाे प्राङ्गणमा भएकाे छलफलमा दुबै पक्षले आत्मलाेचना गर्दै सिफारिस गरिएकाे ६९६ जनालाई नै राहत वितरण गरि थप १३ जनालाई सर्वदलिय वैठकबसी अनुमाेदन गर्ने , राहत वितरण कार्यमा अवराेध नगर्ने र वितरण कार्यमा अवराेध गर्नेलाई कार्वाही गर्ने सहमति भएकाे गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
गाैरीगंज गाउँपालिका वडा नं.२ मा राहात बितरण गर्न गएका जनप्रतिनिधि माथि स्थानीयबासिले हातपात गरेका छन्। विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न वार्ड नं. २ स्थित हेम्नाडांगीकाे सतारबस्ती पुगेका वडा सदस्य अरूण कुमार राजवंशीमाथि हातपात भएकाे हाे ।वडा सदस्य राजवंशीमाथि हातपात गरेकाे आराेपमा वडा नं.-२ हेम्नाडांगी सतारबस्तीका साेम मुर्मु र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय गाैरीगंजमा राखिएकाे वडा अध्यक्ष अग्नु प्रसाद राजवंशीले जानकारी गराए। कार्यालयले संकलन गरेकाे विपन्न परिवारकाे नामावलीमा भेदभाव गरेकाे भन्दै वडा सदस्य अरूण राजवंशी माथि स्थानियबासि आईलागेका थिए। साेही विषयमा वार्ड कार्यालयमा भएकाे छलफलमा पक्राउ परेका दुई जनाले गल्ती भएकाे स्वीकार गर्दै माफी मागे पछि मिलापत्र गरिएकाे छ ।
कार्यालयका जनप्रतिनिधिले ९७ विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गरेका थिए। वडा कार्यालयले यसअघि ४ सय ५ परिवारलाई राहत वितरण गरि सकिएकाे वडा अध्यक्ष राजवंशीले बताए।गाैरीगंज गाउँपालिका वडा नं. ५ मा पनि राहत वितरण कार्यमा बिबाद भएकाे थियाे। विपन्न परिवारलाई राहात बितरण गर्ने भनिएता पनि नामावली संकलन गर्दा विपन्न परिवारकाे नामावलीमा नाम छुटाएकाे र हुनेखानेकाे नाम समाबेश गरिएकाे भन्दै स्थानियहरूले विराेध जनाएका थिए।वडा नं.-५ मा जम्मा ४ सय १२ विपन्न परिवारकाे नामावली संकलन गरिएकाे वार्ड सदस्य राजेन्द्र ताजपुरियाले जानकारी गराए।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ०४ बजे