८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

आफैले आफैलाई धन्यवाद र मेराे उनलाई पनि धन्यवाद


२६ चैत्र २०७६, बुधबार  

0
Shares

20200408_111501

आत्माराम राजवंशी

भनिन्छ कसैले कुनै असल कार्य गर्याे भने वा गर्न उत्प्रेरित गर्याे भने उ धन्यवादकाे पात्र बन्छ, बनाईन्छ । उसका शुभचिन्तक, नातागाेता, साथीभाईले धन्यवादकाे शब्द टक्राएर उसलाई हाैसला प्रदान गर्ने चलन छ । तर यहाँ मैले कसैकाे धन्यवादकाे शब्दकाे अपेक्षा पनि गरेकाे छैन । मैले आफैले आफैलाई धन्यवाद दिएकाेछु र सामाजिक सञ्जालमा लेखिएका केही स्टाट्सलाई सुझावकाे रूपमा ग्रहण गरेर कार्यान्वय गर्ने निकायलाई धन्यवाद दिएकाे छु जुन स्वागतयाेग्य छ । जुन विगत केही दिन अघि लगातार मैले सामाजिक सञ्जालमा स्थानिय सरकार, स्थानिय प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएकाे थिए । ती लेखिएका मध्ये केही स्टाट्सप्रति सम्बन्धि निकायकाे ध्यानाकर्षण भएकाे मैले पाए । साेही अनुसार यहाँ उल्लेख गर्न चाहन्छु ।

१. स्टाट्स नं. १
सरकारले चैत ११ गतेदेखि लगाएकाे लगडाउन लगभग सबै क्षेत्र प्रभावित छ, दुईमत नै छैन । विशेष गरि गाैरीगंज क्षेत्र जहाँ लगभग २० किलाेमिटर खुल्ला भारतिय सिमा संग जाेडिएकाे क्षेत्र छ । २० किलाेमिटर भित्र पनि ७ स्थान त स साना नाका भनु जहाँबाट साईकल, माेटरसाईकल अाउजाउ गर्न सकिन्छ । अलि मझाैला नाका भनु १ स्थान र ठुलाे भनु खजुरगाछीकाे फत्तेपुर नाका छ । यी साना र ठुला नाकाहरूबाट गाैरीगंज प्रहरीले अाउजाउमा कडाई गरेपनि लुकिछिपी रात वेरात सजिलै भारतिय नागरिक, नेपाली नागरिक र सिमा नजिकबाट गाैरीगंजका केही ‘ओपन सेक्रेट’ व्यक्तिहरूले लकडाउनका बेला पनि मध्यरातमा सामान ल्याईरहेका छन् भनेर स्टाट्स लेखेकाे थिए । उत्त त्याे स्टाट्स पढेर उच्च स्तरिय प्रहरी प्रशासनकाे ध्यानाकर्षण भएर लेखेकाे २ दिन पछि गाैरीगंजमा २२ जना सुरक्षाकर्मी थपियाे । अहिले प्रहरीले सिमामा २४ सै घण्टा कडाईका साथ निगरानी गरिरहेका छन् ।

20200408_110637
२. स्टाट्स नं. २
सामाजिक संजाल र मैले सञ्चालन गर्दै अाएकाे काेचिला न्यूज अनलाईनमा गाैरीगंजमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्छ भनेर स्टाट्स र समाचार लेखेकाे थिए । त्यस विषयमा गाैरीगंज गाउँपालिकाकाे कार्यपालिका बैठकले हिजाे मंगलवार एक हप्ता भित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गर्याे । याे लडडाउनबाट जेष्ठ नागरिक , एकल महिला, बालपाेषण भत्ता पाईरहेका बालबालिकाहरू पुर्णरूपमा प्रभावित भएका छन् । जाे यहि सामाजिक सुरक्षा भत्तामा आश्रित छन् ।आफ्नाे खान्गी यसै भत्ताबाट गुजारा चलाईरहेका छन् । गाउँपालिकाले गरेकाे याे निर्णय स्वागत याेग्य छ ।

20200408_110413
३. स्टाट्स नं. ३
गाउँपालिकाका अध्यक्ष कै किराना पसल अगाडि भिडभाड भनेर स्टाट्स र फाेटाे अफलाेड सामाजिक संजालमा राखेकाे थिए । लेखेकाे केही दिन पछि गाउँपालिकाले अनावश्यक भिड गर्न नपाउने र सामाजिक दुरी कायम राखेर सामान बेचविखन नगरे कडा कार्वाही गर्ने निर्णय गर्याे जुन याे पनि स्वागतयोग्य छ ।

20200408_110917
४. स्टाट्स नं. ४
जारी लकडाउनका कारणले समस्यामा परेका दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने निम्न आय भएका वर्गका लागि लकडाउन भरिकाे घर भाडा छुट गर्न गाउँपालिकाले घरधनीहरुसंग अनुरोध गर्ने र यसरी घर भाडा छुट गर्ने घरधनीबाट घर भाडाको घरवहाल कर नलिने भनी हिजाे मंगलवार बसेकाे वैठकले निर्णय गर्याे जुन मैले सामाजिक संजालमा लेखेकाे थिए । जुन याे पनि स्वागतयाेग्य छ ।

20200408_110352

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : ३१ बजे