८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा राहत वितरण गर्ने क्रममा जनप्रतिनिधिमाथि हातपात, दुई पक्राउँँ


२५ चैत्र २०७६, मंगलबार  

0
Shares

20200407_210718

गाैरीगंज २५, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. २ मा जनप्रतिनिधिमाथि हातपात भएकाे छ । विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न वार्ड नं. २ स्थित हेम्नाडांगी सतारबस्ती पुगेका वडा सदस्य अरूण कुमार राजवंशीमाथि आज साँझ हातपात भएकाे हाे ।
वडा सदस्य राजवंशीमाथि हातपात गरेकाे आराेपमा वार्ड नं. २ हेम्नाडांगी सतारबस्तीका साेम मुर्मु र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय गाैरीगंजमा राखिएकाे वार्ड अध्यक्ष अग्नु प्रसाद राजवंशीले जानकारी गराएका छन् ।
कार्यालयले तयार पारेकाे लगत संकलनमा विपन्न परिवारकाे नाम छुटाएकाे भन्दै वडा सदस्य राजवंशीमाथि उनीहरूले जाईलागेका थिए । कार्यालयले आज मंगलबार ९७ जना विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गरेकाे छ । कार्यालयले यसअघि ४ सय ५ परिवारलाई राहत वितरण गरिसकिएकाे वडा अध्यक्ष अग्नु प्रसाद राजवंशीले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : २९ बजे