८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंज गाउँपालिकालाई आज बस्ने बैठकमा तत्काल पाँच निर्णय गर्न सुझाव


२४ चैत्र २०७६, सोमबार  

0
Shares

20191224_175926

गाैरीगंंज गाउँपालिकाले आज मंगलवार बस्ने वैठकमा तत्काल ५ वटा निर्णय गर्न जरूरी देखिन्छ । यस काेचिला न्युज परिवारले यी पाँच वटा निर्णयहरू हाललाई यस गाउँपालिकावासीका लागि अति आवश्यक ठहर गरेकाे हुदाँँ सुझावका लागि पेश गरिएकाे छ ।

१.  सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।
लकडाउन लम्बिएकाे कारण सामाजिक सुरक्षा भत्ता घर घर मै गई वितरण गर्ने निर्णय गर्ने । अनि त्याे सामाजिक सुरक्षा भत्ताकाे रकम वार्ड कार्यालयमा भएकाे अभिलेख बमाेजिम घर घरमै पुर्याउने व्यवस्था गर्ने । भत्ताकाे पैसा गाउँपालिकाकाे खातामा अाईसकेकाेले चेक काटेर सचिवहरूलाई जिम्मा लगाउने र घर पिच्छै पैसा पुर्याउने निर्णय गर्ने ।

२. घर भाडा छुट सम्बन्धमा
जारी लकडाउनका कारणले समस्यामा परेका दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने निम्न आय भएका वर्गका लागि लकडाउन भरिकाे घर भाडा छुट गर्न गाउँपालिकाले घरधनीहरुसंग अनुरोध गर्ने र यसरी घर भाडा छुट गर्ने घरधनीबाट घर भाडाको घरवहाल कर नलिने निर्णय गर्ने ।
३. हाेलसेल लगायत खुल्ला खाद्यान्न किराना पसलहरू सम्बन्धमा ।
लकडाउन भरी रूट बनाई घर घरमा गई सामाजिक दुरी कायम राख्दै मात्र बेच विखन गर्न पाईने छ । अन्यथा वेचविखन गर्न पाईने छैन । यदि भिडभाड जस्ताे प्रकृतिकाे कृयाकलाप गरेकाे पाईए वा गराईए कडा भन्दा कडा कार्वाहि गरिने निर्णय गर्ने ।

४. पीपीई सम्वन्धमा
गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा ५० बेडकाे क्वारेन्टाइन स्थापना भएकाेले केन्द्रसंग रहेकाे १० थान पीपीईलाई बढाई ५० थान पीपीई खरिद गर्ने निर्णय गर्ने ।

५. राहत खाद्यान्न सम्बन्धमा
विपन्न परिवारलाई राहत खाद्यान्नमा चामल १० केजीबाट बढाएर २५ केजी दिने भनी निर्णय गर्ने ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : १७ बजे