८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा कतै धमाधम राहत वितरण, कतै विराेध


२३ चैत्र २०७६, आइतबार  

0
Shares

20191224_175926

गाैरीगंज २३, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले अाज आईतवार वार्डकाे दुई स्थानमा राहत सामग्री वितरण गर्ने भएकाे छ ।

कार्यालयले वार्ड नं. ३ काे ९९ जनालाई ज्ञ्यानाेदय अावासिय माविकाे प्राङ्गणमा १ वजे र गाैरी टाेल सुकुम्बासी वस्तीका ४५ जनालाई ४ बजे राहत सामग्री वितरण गर्ने भएकाे हाे ।
वार्ड नं. ३ का अध्यक्ष मखना महताेकाे अनुसार यस अघि वार्ड नं. ३ काे पासवान वस्तीमा २८ परिवार र गाउँपालिकाकाे कार्यालयमा नै बाेलाई ४० परिवारलाई खाद्यान्न वितरण गरिसकेकाे छ । सरकारले लकडाउन लगाएपछि त्यसबाट प्रभावित जनमजदुर गरेर परिवारकाे छाक टार्ने परिवारलाई राहत सामग्री वितरण गर्नु भने अनुसार स्थानियतहहरूले राहत सामग्री वितरण गर्दैछ । त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा हिजाे शनिवारसम्म १७५ जना परिवारलाई खाद्यान्न वितरण गरेकाे छ । अाज अाईतवार वार्ड नं. ६ काे टिनटाेलिया वस्ती, साविक वार्ड नं. ८ मा राहत वितरण गर्ने वडा सदस्य मुकेश कुमार साहले जानकारी गराएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा पनि ११२ जनालाई शनिवारसम्म वितरण गरिसकेकाे वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले बताएका छन् । उनका अनुसार अाज आईतबार साविक वार्ड नं. ३ र ४ मा राहत वितरण गर्ने याेजना रहेकाे छ ।
हिजाे शनिवार वार्ड कार्यालयलाई साविक वार्ड नं. ४ भन्सार वस्ति बस्ने देवीलाल काेचले विपन्न परिवारका लागि ४ बाेरा भुजा हस्तान्तरण गरेकाे थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ मा शनिवारसम्म २०८ घर परिवारलाई खाद्यान्न वितरण गरेकाे छ । वार्ड अध्यक्ष कुलप्रसाद गिरीका अनुसार अाज आईतबार सन्थाल बस्ती र भवानीपुर वस्तिमा राहत वितरण गर्नेछ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ मा हिजाे शनिवारसम्म ३० घर परिवारलाई मात्र राहत सामग्री वितरण गरेकाे छ ।
वार्ड कार्यालयले जनमजदुर गर्नेकाे नाम छुटाएकाे भन्दै स्थानियहरूले विराेध जनाएपछि राहत वितरण कार्य स्थगित गरिएकाे छ । वार्ड कार्यालयले केही दिन अघि विपन्न परिवारकाे लगत संकलन गरेपनि संकलन गरेकाे नामावलीमा स्थानियहरूले असन्तुष्टि जनाएका छन् । वार्ड नं. ५ मा ४१२ जना परिवारकाे नामावली राहतका लागि सिफारिस गरेकाे छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ११ बजे