१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लकडाउनलाई झापामा थप कडाई


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

FB_IMG_1585640310806

गाैरीगंज १८, चैत / विश्वभर फैलिईदै गएकाे कोरोना भाइरसकाे संक्रमणलाई न्यूनिकरण गर्न सरकारद्वारा लगाईएकाे लक डाउनलाई झापामा थप कडाई गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय झापाले आज मंगलवार नयाँ आदेश जारी गर्दै अब खाद्य सामग्री किनमेल तथा औषधि पसल जान पनि कडाई शुरु गरेको छ ।
सरकारी कर्मचारीलाई समेत अत्यावश्यक काम बाहेककालाई आउनजानलाई थप कडाई गर्ने भएको हाे ।

अत्यावश्यकीय सवारी साधन बाहेकका सवारी साधनहरुलाई पास दिन पनि थप कडाईको आदेश जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार अब लकडाउन पालना नगर्नेमाथि कानूनी कार्वाही शुरु हुन्छ ।

साँझ परेपछि चहलपहल र किनमेलका कारण बजार पसल भिडभाड भएका थिए । परिवारका सवै सदस्यहरु यहि निउमा सडकमा आएका थिए ।

अब दैनिक उपभोग्य सामाग्रि ढुवानीमा पनि प्रशासनले कडाई शुरु गरेको छ ।

सोमबारमात्र प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईले लकडाउन कडा हुने संकेत दिएका थिए ।

उनले अटेर गरेमा कर्फु लगाउन समेत प्रमुख जिल्ला अधिकारीहरुलाइ निर्देशन दिएका थिए ।

त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय झापाको कडा आदेश आएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ४५ बजे